२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाको सिंजा प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले (कुन वडामा क-कसले जिते ? )

२०७४, ३ जेष्ठ बुधबार ०३:२९

नन्दराम जैशी | जेठ ३, जुम्ला । सिंजा गाँउपालिका जुम्लाको प्रमुखमा नेपालि कांग्रेसका देबलसिंह रावल विजयि हुनुभएको छ । विजयि रावलले १४ सय ३० मत प्राप्त गर्नुभएको छ । भने उहाँका निकटतम प्रतिद्धोन्दी नेपाल मजदुर किसान पार्टिका पुर्ण प्रसाद धितालले १२ सय ३ मत प्राप्त गर्नुभयो । यस्तै माओबादि केन्द्रबाट प्रमुखको उम्मेदवार हिक्मत खत्रिले ११ सय ६३ मत प्राप्त गर्नुभएको थियो । भने नेकपा एमालेका नन्दराम रोकायाले ११ सय ४० मत ल्याउनु भएको छ । त्यस्तै सिंजा गाँउपालिकाको उपप्रमुखमा नेकपा एमालेकि जन्मकन्या खत्रि विजयि हुनुभएको छ । उपप्रमुखमा विजेता खत्रिले १४ सय ११ मत प्राप्त गर्नुभएको छ । नेपालि कांग्रेसबाट उपप्रमुखकि उम्मेदवार रमनकला शाहिले १२ सय ६२ मत प्राप्त गर्नुभएको छ । माओबादि केन्द्रकि सितलि रोकायाले ११ सय ७५ मत प्राप्त गर्नु भएको छ । भने नेमकिपाकि कृष्णमाया शाहिले ८ सय ७९ मत प्राप्त गर्नुभएको थियो ।

यसैबिच सिंजा गाँउपालिकाका ६ वटा वडाहरुमध्य २ वडामा नेकपा एमाले, २ मा नेमकिपा, १ मा माओबादि केन्द्र र १ वडामा नेपालि कांग्रेस विजयि भएको छ ।  जसअन्र्तगत वडा नं १ मा नेमकिपाको पुरै प्यानल विजयी भएको छ । ३ सय ६३ मत ल्याएर वडाध्यक्षमा रणवहादुर रोकाया सहित नेमकिपाको पुरै प्यानल विजयी भएको हो ।

वडा नं २ मा माओबादि केन्द्रको पुरै प्यानल विजयी भएको छ । माओबादि केन्द्रका नविन शर्माले ३ सय ३५ मत प्राप्त गरेर विजयि हुनुभयो भने उहाँका निकटतम प्रतिद्धोन्दी नन्दराज खत्रिले १ सय ९९ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ३ मा नेपालि कांग्रेसको पुरै प्यानल सहित तिलाचन्द्र चौलागाँइले २ सय ६० मत प्राप्त गरेर विजयि हुनुभएको छ । भने उहाँका निकटतम प्रतिद्धोन्दी एमालेका मनजिते रानाले २ सय ७ मत प्राप्त गर्नुभएको छ । 

सिंजा गाँउपालिकाका कार्यकारी अधिकृत सुवास रिजालका अनुसार वडा नं ४ मा नेकपा एमालेको पुरै प्यानल सहित धन बहादुर बुढा ३ सय ९३ मत ल्याएर विजयि हुनुभएको छ । भने उहाँका निकटतम प्रतिद्धोन्दी नेपालि कांग्रेसका रिमले बुढाले २ सय ४६ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ५ मा एमालेको पुरै प्यानल सहित मुन बहादुर रावतले ३ सय १८ मत प्राप्त गरेर विजयि हुनुभएको छ । भने उहाँका निकटतम प्रतिद्धोन्दी माओबादि केन्द्रका मोति दमाइले २ सय ६४ मत प्राप्त गर्नुभएकोकार्यकारी अधिकृत सुवास रिजालले जानकारी दिनुभयो । 

त्यस्तै वडा नं ६ मा नेमकिपाको पुरै प्यानल सहित कालि बहादुर बुढा ३ सय ३८ मत प्राप्त गरेर विजयि हुनुभएको छ । भने उहाँका निकटतम प्रतिद्धोन्दी एमालेका शिवचन्द्र रावतले २ सय ४१ मत प्राप्त गर्नुभएएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित