दलसिंह गिरी | जेठ ३, कालिकोट | जिल्ला सदरमुकाम रहेको खाडाचक्र नगरपालिकाको मेयर र उपमेयर पदमा एमालेका उम्मेदारहरु विजयी भएका छन् । मेयर उम्मेदार जसि प्रसाद पाण्डेले २ हजार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | जेठ ३, कालिकोट | जिल्ला सदरमुकाम रहेको खाडाचक्र नगरपालिकाको मेयर र उपमेयर पदमा एमालेका उम्मेदारहरु विजयी भएका छन् । मेयर उम्मेदार जसि प्रसाद पाण्डेले २ हजार"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको खाडाचक्र नगरपालिकामा सबै एमालेकै हुल

३ जेष्ठ २०७४, बुधबार १४:०२


दलसिंह गिरी | जेठ ३, कालिकोट | जिल्ला सदरमुकाम रहेको खाडाचक्र नगरपालिकाको मेयर र उपमेयर पदमा एमालेका उम्मेदारहरु विजयी भएका छन् । मेयर उम्मेदार जसि प्रसाद पाण्डेले २ हजार २ सय ५ मत र उपमेयर उम्मेदार विजया विष्टले १ हजार ९ सय ८७ मत ल्याएर विजयी भएका हुन् ।

मेयरको प्रत्यासी नेकपा माओवादी केन्द्रका लक्ष्मी प्रसाद चौलागाईले १ हजार ४ सय ६१ मत ल्याएर प्राजय ब्यहोर्नु परेको छ भने उपमेयर प्रत्यासी माओवादी केन्द्रका गंगा खड्का बोगटीले १ हजार ४ सय ६४ मत ल्याएर प्राजय ब्यहोर्नु परेको छ  

अर्का प्रत्यासी नेपाली कांग्रेसका पदम बहादुर शाहीले १ हजार ४ सय २९ मत ल्याउनु भएको छ भने कांग्रेस कै राजकौरा शाहीले १ हजार ३ सय ३८ मत ल्याउनु भएको छ । खाडाचक्र नगरपालिकाका कुल ११ वटा वडामा ७ वटा वडामा एमालेले वडा अध्यक्ष सहितको पुरै प्यानल विजयी गराएको छ । वडा नं. ४, ५, ६, ७, ८, ९, र ११ मा पुरै प्यानलै विजयी भएको हो । 

माओवादी केन्द्रको २ वटा वडा नं. २ र .१० मा पुरै प्यानलै विजयी भएको छ । यस्तै नेपाली कांग्रेसको वडा नं. ३ मा पुरै प्यानल नै विजयी भएको छ भने वडा नं. १ मा वडा अध्यक्ष सहित २ सदस्य नेपाली कांग्रेसका विजयी भएका छन् । सबै वडा अन्तर्गत वडा नं. १ नेपाली कांगेसका गणेश बहादुर शाही, वडा नं. २ माआवादी केन्द्रका विर्ख विक, वडा नं. ३ नेपाली कांग्रेसका महाविर पाण्डे, वडा नं.४ नेकपा एमालेका धनसिंह विक, वडा नं. ५ नेकपा एमालेका खडानन्द चौलागाई, वडा नं. ६ नेकपा एमालेका जगदिस शाही, वडा नं. ७ नेकपा एमालेका रज बहादुर मल्ल, वडा नं. ८ नेकपा एमालेका आदिचन्द्र चौलागाई, वडा नं. ९ नेकपा एमालेका गोविन्द मल्ल, वडा नं. १० माओवादी केन्द्रका डिल बहादुर शाही र वडा नं. ११ नेकपा एमालेका पुष्पराज गिरी विजयी हुनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता