2026-09-14 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखको छ तहको अन्तिम परिणाम सार्वजनिक

जेठ ३, दैलेख | दैलेखका ११ वटा स्थानीय तहमध्ये छ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

टाँठीकाँध गाउँपालिका, भैरवी गाउँपालिका, चामुण्डा बिन्द्रासनी नगरपालिका, महावु गाउँपालिका, डुङ्ग्रेश्वर गाउँपालिका र नारायण नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । 

नारायण नगरपालिका, महावु गाउँपालिका र भैरवी गाउँपालिका, ठाँटीकाँध गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकामा नेकपा एमालेले बाजी मारेको छ । नेपाली काँग्रेस डुङ्ग्रेश्वर गाउँपालिकामा विजयी भएको छ । 

नारायण नगरपालिकाको प्रमुखमा एमालेका रत्नबहादुर खड्का र उपप्रमुखमा सावित्रा मल्ल क्रमशः चार हजार ७२५ मत र चार हजार ८६६ मतसहित विजयी हुनुभएको हो । 

यस्तै, महावु गाँउपालिका एमालेका अध्यक्ष पदका उम्मेदवार जङ्गबहादुर शाही र उपाध्यक्षमा प्रेमकुमारी बुढा क्रमशः तीन हजार ५२२ र तीन हजार ८०८ मतसहित विजयी हुनुभयो । 

भैरवी गाउँपालिकामा पनि एमालेका प्रेमबहादुर बुढा र उपाध्यक्षमा पदम विष्ट क्रमशः तीन हजार ५८४ मत र तीन हजार ४७८ मत सहित विजयी हुनुभएको छ । 

यसैगरी, डुङ्ग्रेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नगेन्द्र मल्ल र उपाध्यक्षमा सीता ज्ञवालीले क्रमशः दुई हजार ७८७ र दुई हजार ६२८ मतसहित विजयी हुनुभएको छ । 

चामुण्डा विन्द्रासैनी नगरपालिकाको अध्यक्षमा एमालेका सूर्यबहादुर शाही र उपाध्यक्षमा ताराकुमारी शाहीले क्रमशः दुई हजार ७१३ मत र दुई हजार ९५४ मतसहित विजयी हुनुभएको छ । 

टाँठीकाँध गाउँपालिकामा एमालेका धीरबहादुर शाही एक हजार ९२४ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उपाध्यक्षमा सुम्मिता सिंह एक हजार ९७८ मत प्राप्त गरेर विजयी हुनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ