२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँको ऋषिङमा आठवटै वडामा काँग्रेस

२०७४, ४ जेष्ठ बिहीबार ०४:३३

जेठ ४, दमौली | स्थानीय तहको निर्वाचनमा ऋषिङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित आठवटै वडामा काँग्रेसको प्यानल भारी मतले विजयी भएको छ । 

ऋषिङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले चार हजार ९४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भूपाल थापा मगरले दुई हजार ४८९ मत प्राप्त गरेका थिए । त्यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकै गिनुमाया थापामगरले चार हजार ९४९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी मधुमाया श्रेष्ठले दुईहजार तीनसय ७७ मत प्राप्त गरेकी थिइन् । 

सो गाउँपालिका–१ देखि ८ सम्म वडाध्यक्षसहित सबै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत गङ्गाबहादुर क्षेत्रीले बताउनुभयो । सो गाउँपालिकामा विजयी भएका काँग्रेस कार्यकर्ताले विजय जुलुस मनाउँदै गाउँको परिक्रमा गरेका छन् । 

त्यस्तै, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गिरबहादुर थापा दुई हजार ५८९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सन्तबहादुर केसीले दुई हजार २४२ मत प्राप्त गरेका थिए । 

यसैगरी, उपाध्यक्षमा काँग्रेसकी पुष्पादेवी श्रेष्ठले दुई हजार २९७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मीना अधिकारीले दुई हजार १६५ मत प्राप्त गरेकी थिइन् । त्यसरी नै बन्दिपुर गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षका उम्मेदवार पूर्णसिंह थापा र उपाध्यक्षमा माओवादी केन्द्रका करुणा गुरुङ विजयी भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर