जेठ ८, काठमाडौँ | राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले आफूले ‘कठिन स्थितिमा पनि युवाको हितमा काम गरिरहेको अवस्थामा अपमानित हुने गरी सरकारले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ८, काठमाडौँ | राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले आफूले ‘कठिन स्थितिमा पनि युवाको हितमा काम गरिरहेको अवस्थामा अपमानित हुने गरी सरकारले"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा परिषद्का उपाध्यक्षबाट पुनः स्पष्टीकरण

८ जेष्ठ २०७४, सोमबार १२:४२

जेठ ८, काठमाडौँ | राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले आफूले ‘कठिन स्थितिमा पनि युवाको हितमा काम गरिरहेको अवस्थामा अपमानित हुने गरी सरकारले स्पष्टीकरण सोधेको’ गुनासो गर्नुभएको छ । 

परिषद्को कार्यालयमा आज पत्रकार सम्मेलन गरी उपाध्यक्ष ढुङ्गेलले अहोरात्र खटेर युवा तथा खेलकुद मन्त्रालयको फाइलमा सीमित संस्थालाई सरकार एवं युवासम्बन्धी सङ्घ सङगठन र विभिन्न राजनीतिक दलले गर्व गर्नलायक देशव्यापी सञ्जाल भएको संस्था बनाएको अवस्थामा आफूलाई स्पष्टीकरण सोधिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई अत्यन्त अपमानित ढङ्गबाट स्पष्टीकरण सोधी काममा अवरोध उत्पन्न गर्ने काम कार्य आफैँमा दुर्भाग्यपूर्ण छ र यसले मलाई आश्चर्यचकित बनाएको छ ।” उहाँले सरकारलाई सोही व्यहोराको जवाफ दिइसक्नुभएको छ । 

सरकारले ढुङ्गेललाई ‘राष्ट्रिय युवा परिषदका उपाध्यक्षको पदअनुरुपको आचरण नगरेको र पदीय जिम्मेवारी पूरा नगरेकाले परिषद् ऐन, २०७२ को दफा १५ को उपदफा (२) बमोजिम स्पष्टीकरण’ सोधेको थियो । ढुङ्गेल सो पदमा २०७२ फागुन १९ गते नियुक्त हुनुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता