जेठ ८, काठमाडौँ | राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले आफूले ‘कठिन स्थितिमा पनि युवाको हितमा काम गरिरहेको अवस्थामा अपमानित हुने गरी सरकारले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ८, काठमाडौँ | राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले आफूले ‘कठिन स्थितिमा पनि युवाको हितमा काम गरिरहेको अवस्थामा अपमानित हुने गरी सरकारले"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा परिषद्का उपाध्यक्षबाट पुनः स्पष्टीकरण

२०७४, ८ जेष्ठ सोमबार १२:४२

जेठ ८, काठमाडौँ | राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले आफूले ‘कठिन स्थितिमा पनि युवाको हितमा काम गरिरहेको अवस्थामा अपमानित हुने गरी सरकारले स्पष्टीकरण सोधेको’ गुनासो गर्नुभएको छ । 

परिषद्को कार्यालयमा आज पत्रकार सम्मेलन गरी उपाध्यक्ष ढुङ्गेलले अहोरात्र खटेर युवा तथा खेलकुद मन्त्रालयको फाइलमा सीमित संस्थालाई सरकार एवं युवासम्बन्धी सङ्घ सङगठन र विभिन्न राजनीतिक दलले गर्व गर्नलायक देशव्यापी सञ्जाल भएको संस्था बनाएको अवस्थामा आफूलाई स्पष्टीकरण सोधिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई अत्यन्त अपमानित ढङ्गबाट स्पष्टीकरण सोधी काममा अवरोध उत्पन्न गर्ने काम कार्य आफैँमा दुर्भाग्यपूर्ण छ र यसले मलाई आश्चर्यचकित बनाएको छ ।” उहाँले सरकारलाई सोही व्यहोराको जवाफ दिइसक्नुभएको छ । 

सरकारले ढुङ्गेललाई ‘राष्ट्रिय युवा परिषदका उपाध्यक्षको पदअनुरुपको आचरण नगरेको र पदीय जिम्मेवारी पूरा नगरेकाले परिषद् ऐन, २०७२ को दफा १५ को उपदफा (२) बमोजिम स्पष्टीकरण’ सोधेको थियो । ढुङ्गेल सो पदमा २०७२ फागुन १९ गते नियुक्त हुनुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ