जेठ १०, काठमाडौं । व्यपस्थापिका संसदको बैठक आज पनि सूचना टाँसेर स्थगित भएको छ । संसद सुचारु भए प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १०, काठमाडौं । व्यपस्थापिका संसदको बैठक आज पनि सूचना टाँसेर स्थगित भएको छ । संसद सुचारु भए प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए "/>

2026-06-29 07:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले सदन सुचारु गर्न नदिएपछी संसद बैठक आज पनि स्थगित


जेठ १०, काठमाडौं । व्यपस्थापिका संसदको बैठक आज पनि सूचना टाँसेर स्थगित भएको छ । संसद सुचारु भए प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए ।  

मंगलबार नै प्रधानमन्त्री प्रचण्डले राजिनामा दिने भनिएपनि एमालेको कारण उनले राजीनामा दिन पाएनन् र आज संसद बैठक बस्ने निर्णय भएपछी राजीनामा सहित संसद पुगेका प्रधानमन्त्री प्रचण्ड तीन दलबीच सदन सुचारु गर्नेबारे सहमति जुट्न नसके पछी त्यसै फर्किएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बोलाएको मुख्य तीन दलको बैठकमा एमालेका अध्यक्ष केपी ओली सहभागी नभएपछी आज बिहानको बैठक समेत बस्न पाएन । एमालेले प्रधानमन्त्री फेर्ने बिषयमा तदारुकता देखाएको छैन भने स्थानीय तहको संख्या बृद्धिको बिषयलाई लिएर विरोध समेत गरेको छ । एमालेले भनेको छ – 'निर्णय फिर्ता नभएसम्म संसद चल्न दिंदैनौं ।'

एमालेले बिरोधको सृंखला जारी राखेपछी आज हुने भनिएको संसदको बैठक भोलि अपराहृन ४ बजेका लागि बोलाइएको छ । भोलिको संसद बैठकमा राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । तर एमालेले आफ्नो बिरोध कायम राखेको अवस्थामा भोली पनि संसद सुचारु हुने स्थिति नदेखिएको नेताहरुले बताएका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी