२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समयमै दोस्रो चरणको निर्वाचन हुन्छ: देउवा

२०७४, १० जेष्ठ बुधबार १८:१४

जेठ १०, काठमाडौँ | नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुरुप सरकारको नेतृत्व परिवर्तन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा गरेकामा धन्यवाद दिएका छन्।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत काँग्रेस र माओवादी केन्द्रबीच भएको राजनीतिक सहमतिअनुरुपको सहकार्य भविष्यमा पनि निरन्तर जारी रहने विश्वास व्यक्त गर्दै काँग्रेसले सबै राजनीतिक दलसँग गरेका सहमति दृढतापूर्वक सदैव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले काँग्रेस र माओवादी केन्द्रबीच मुलतः नेपालको संविधानको स्वीकार्यता विस्तार गर्न, स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गरी संविधान कार्यान्वयन गर्न तथा मुलुकलाई शान्ति, स्थिरता र आर्थिक समृद्धितर्फ लैजाने उद्देश्यका साथ राजनीतिक सहमति भई वर्तमान सरकार गठन भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा सरकार गठन भएको १० महिनाभित्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने काम भएको, बीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको पहिलो चरण शान्तिपूर्ण र निष्पक्ष रुपले सम्पन्न भएको, सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका लागि सराहनीय काम गरेको चर्चा गरिएको छ ।

“यस अवधिमा देशमा शान्ति, स्थिरता कायम भई विकास निर्माण र आर्थिक गतिविधि सञ्चालन भएको हुँदा आर्थिक वृद्धिदर उल्लेख्य रुपमा वृद्धि भई महत्वपूर्ण उपलब्धि प्राप्त भएको छ”– विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले प्रधानमन्त्री दाहालको कार्यको उच्च प्रशंसा गर्दै उनलाई हार्दिक बधाई दिनुका साथै सरकारको उपलब्धिका लागि सहयोग गर्ने सबै राजनीतिक दल र सबै नेपालीमा धन्यवाद व्यक्त गरेका छन्। उनले सरकार परिवर्तनको प्रक्रियाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रभावित नहुने र समयमै निर्वाचन हुने कुरामा सबैलाई ढुक्क हुन आग्रह गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ