जेठ ११, काठमाडौँ | अधिक मात्रामा वस्तु आयात र श्रमिक मात्र निर्यातले कमजोर बनेको नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने ठानिएको ‘एकक्षेत्र एकमार्ग’ अवधारणा शीघ्र कार्यान्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ११, काठमाडौँ | अधिक मात्रामा वस्तु आयात र श्रमिक मात्र निर्यातले कमजोर बनेको नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने ठानिएको ‘एकक्षेत्र एकमार्ग’ अवधारणा शीघ्र कार्यान्व"/>
२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“ओबोर कार्यान्वयन भएको हेर्न नेपाली आतुर छन्”

२०७४, ११ जेष्ठ बिहीबार ११:५९

जेठ ११, काठमाडौँ | अधिक मात्रामा वस्तु आयात र श्रमिक मात्र निर्यातले कमजोर बनेको नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने ठानिएको ‘एकक्षेत्र एकमार्ग’ अवधारणा शीघ्र कार्यान्वयन भएको नेपाली जनताले हेर्न चाहेका छन् । 

नेपाल विश्व सम्बन्ध परिषद्ले यहाँ आज आयोजना गरेको ‘जनस्तरको सम्बन्ध प्रवद्र्धनः एकक्षेत्र एकमार्गको पहल’ विषयक छलफल कार्यक्रममा मुलुकका विद्वत् वर्गले नेपाली जनताको त्यस्तो चाहना व्यक्त गरेका हुन् । 

हालै नेपाल सरकारले ‘एकक्षेत्र एकमार्ग’ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको र त्यसमा उल्लिखित विषय शीघ्रातिशीघ्र कार्यान्वयन होउन् भन्ने आम नेपालीको चाहना रहेको बताउँदै उनीहरूले त्यसबाट रेलमार्ग तथा सडक निर्माण, लगानी वृद्धि तथा व्यापार–वाणिज्य क्षेत्रको प्रवद्र्धन हुने नेपाल र नेपालीको अपेक्षा रहेको बताए । 

परिषद्का अध्यक्ष हेमन्त खरेलले जति चाँडो चीनसँग सम्पर्क विस्तार हुन्छ त्यति नै चाँडो नेपालको आर्थिक विकासका अवसर सिर्जना हुन्छन् भन्दै नेपाल र चीनबीचको मैत्री तथा समझदारीलाई अझ सुदृढ तुल्याउने एकक्षेत्र एकमार्ग अवधारणाले शीघ्र मूर्तरुप पाउनुपर्ने बताउनुभयो । 

अन्तर्राष्ट्रिय समझदारीका लागि चिनियाँ सङ्घका उपाध्यक्ष लि ह्वाङचाइले नेपालले अवलम्बन गरेको एकचीन नीतिको मुक्तकण्ठले प्रशंसा गर्दै चीनको चाहना नेपालमा शान्ति, समृद्धि र विकास सुनिश्चित होस् भन्ने हो भन्नुभयो । 

“एकक्षेत्र एकमार्ग” पूर्वाधार विकास र आर्थिक समृद्धिको मार्गमा अग्रसर हुने माध्यम मात्र नभइ राष्ट्र–राष्ट्रबीच पारस्परिक समझदारी अभिवृद्धि गर्ने सेतुसमेत भएको उहाँले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे