२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी काँग्रेसलाई उम्मेदवार छनोट गर्न गाह्रो, नामावली केन्द्रमा पठाइयो

२०७४, १२ जेष्ठ शुक्रबार ०७:४५

जेठ १२, बैतडी | नेपाली काँग्रेस बैतडीले स्थानीय तहको उम्मेदवारको छनोट जिल्लास्तरमा गर्न नसकेपछि आकाङ्क्षीहरुको नामावली केन्द्रमा पठाएको छ । 

बैतडीका १० वटा स्थानीय तहमध्ये सातवटा स्थानीय तहमा प्रमुख र उपप्रमुखका आकाङ्क्षी धेरै भएकाले उम्मेदवारको टुङ्गो लगाउन केन्द्रीय कार्यसमितिमा नामावली पठाएको काँग्रेसका जिल्ला कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो । उहाँले एक दुई दिनभित्रै उम्मेदवारको टुङ्गो लागेर आउने बताउनुभयो । 

नेपाली काँग्रेस बैतडीले सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाहेक अरु कुनै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । ८४ वटा वडामा भने सबै उम्मेदवारको टुङ्गो लागेको कोषाध्यक्ष पाण्डेयले बताउनुभयो । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा मेयरका लागि १४ जना आकाङ्क्षी देखिएका छन् । 

दशरथचन्द नगरपालिकामा प्रमुख पदमा जिल्ला सभापति नरेन्द्रसिंह थापा, हर्कबहादुर चन्द, शिवराज भट्ट, प्रताप ठगुन्ना, जनकराज भट्ट, पुरनचन्द्र लेखक, भीमबहादुर चन्द, देवु ठगुन्ना, यज्ञराज पन्त, लालबहादुर चन्द, दौलतसिंह थापा, टेकराज जोशी र भीमदत्त पाण्डेयको नाम सिफारिस गरिएको छ । 

यसैगरी, उपप्रमुखमा मीना चन्द, तुलसी ठगुन्ना र हरिप्रिया भट्टको नाम सिफारिस गरिएको छ । यस्तै, मेलौली नगरपालिकामा मेयर पदका लागि शेरबहादुर चन्द, प्रेमबहादुर चन्द (आगर), प्रेमबहादुर चन्द (सम्राट), श्रवण ठगुन्ना, गम्भीरबहादुर चन्द, तारादत्त भट्ट, कृष्णसिंह नायक, महेशदत्त भट्ट, जनकराज भट्ट, ईश्वरदत्त भट्टको नाम सिफारिस गरिएको छ । 

यस्तै, उपप्रमुखमा सरस्वती चन्द, पार्वती चन्द, मञ्जु विष्ट, लक्ष्मी भट्ट र राधा ओझाको नाम सिफारिस गरिएको नेपाली काँग्रेस, बैतडीका सचिव वीरबहादुर विष्टले जानकारी दिनुभयो । 

यस्तै, पाटन नगरपालिकाको प्रमुखका लागि पूर्व सहायक मन्त्रीसमेत रहनुभएका केशव चन्द र नरेन्द्रसिंह विष्टको नाम सिफारिस गरिएको छ भने उपप्रमुखमा सरस्वती कोली, सरस्वती जोशी र जानकी भट्टको नाम केन्द्रीय समितिमा सिफारिस गरिएको छ । 

यसैगरी, जिल्लाको पुरचौडी नगरपालिकामा पनि उम्मेदवार छनोट गर्न नसकेपछि काँग्रेसले सो नगरपालिकाबाट पनि प्रमुख पदका लागि पाँचजनाको नाम सिफारिस गरेको छ । प्रमुखका लागि दीपकबहादुर बम, लालबहादुर बम, मोहनबहादुर कुँवर, दलबहादुर विष्ट र प्रोहित बडूको नाम सिफारिस गरिएको जिल्ला सचिव विष्टले जानकारी दिनुभयो । 

यस्तै, उपप्रमुखमा भने मीना धानुक, शोभाकुमारी धानुक र उत्तरा नेपालको नाम सिफारिस गरिएको उहाँले बताउनुभयो । यस्तै, सिगास गाउँपालिकामा अध्यक्ष पदका लागि खगेन्द्रसिंह धामी, हरिसिंह धामी र केदारनाथ अवस्थी आकाङ्क्षी देखिएपछि तीनैजनाको नाम सिफारिस गरिएको छ । 

उपाध्यक्ष पदका लागि द्रोपती चन्द, सुमित्रा ऐर र तुलसी साउदको नाम सिफारिस गरिएको छ । यस्तै, दोगडाकेदार गाउँपालिकामा अध्यक्ष पदका लागि चन्द्रसिंह भाट, देवराज जोशी, गोपालसिंह कार्की, हेमराज जोशी, शिवराज भट्ट, घनश्याम भट्ट, डम्मर ठगुन्ना र पृतबहादुर विष्टको नाम सिफारिस गरिएको जिल्ला कार्यसमितिले जनाएको छ । उपाध्यक्ष पदका लागि बिस्ना जोशी र धनमाया ठगुन्नाको नाम सिफारिस गरिएको छ । 

यसअघि उम्मेदवारमा सहमति भइसकेको भनिएको डिलाशैनी गाउँपालिकामा पनि अन्तिममा आएर विवाद भएपछि अध्यक्ष पदका लागि कर्णबहादुर राना र धनबहादुर विष्टको नाम सिफारिस गरिएको छ । 

केन्द्रमा सिफारिस गरिएका नाममध्ये एकदुई दिनमै उम्मेदवारको टुङ्गो लाग्ने नेपाली काँग्रेस, बैतडीले जनाएको छ । नेताहरु पदका लागि धेरै आकाङ्क्षी देखिएपछि कार्यकर्ता भने निराश देखिएका छन् । 

अन्य पार्टीले उम्मेदवारको छनोट गरी प्रचारप्रसारमा तल्लिन भएका बेला काँग्रेसले उम्मेदवार नै छनोट गर्न नसक्दा कार्यकर्ता निराश बनेका हुन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे