६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी काँग्रेसलाई उम्मेदवार छनोट गर्न गाह्रो, नामावली केन्द्रमा पठाइयो

१२ जेष्ठ २०७४, शुक्रबार ०७:४५

जेठ १२, बैतडी | नेपाली काँग्रेस बैतडीले स्थानीय तहको उम्मेदवारको छनोट जिल्लास्तरमा गर्न नसकेपछि आकाङ्क्षीहरुको नामावली केन्द्रमा पठाएको छ । 

बैतडीका १० वटा स्थानीय तहमध्ये सातवटा स्थानीय तहमा प्रमुख र उपप्रमुखका आकाङ्क्षी धेरै भएकाले उम्मेदवारको टुङ्गो लगाउन केन्द्रीय कार्यसमितिमा नामावली पठाएको काँग्रेसका जिल्ला कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो । उहाँले एक दुई दिनभित्रै उम्मेदवारको टुङ्गो लागेर आउने बताउनुभयो । 

नेपाली काँग्रेस बैतडीले सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाहेक अरु कुनै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । ८४ वटा वडामा भने सबै उम्मेदवारको टुङ्गो लागेको कोषाध्यक्ष पाण्डेयले बताउनुभयो । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा मेयरका लागि १४ जना आकाङ्क्षी देखिएका छन् । 

दशरथचन्द नगरपालिकामा प्रमुख पदमा जिल्ला सभापति नरेन्द्रसिंह थापा, हर्कबहादुर चन्द, शिवराज भट्ट, प्रताप ठगुन्ना, जनकराज भट्ट, पुरनचन्द्र लेखक, भीमबहादुर चन्द, देवु ठगुन्ना, यज्ञराज पन्त, लालबहादुर चन्द, दौलतसिंह थापा, टेकराज जोशी र भीमदत्त पाण्डेयको नाम सिफारिस गरिएको छ । 

यसैगरी, उपप्रमुखमा मीना चन्द, तुलसी ठगुन्ना र हरिप्रिया भट्टको नाम सिफारिस गरिएको छ । यस्तै, मेलौली नगरपालिकामा मेयर पदका लागि शेरबहादुर चन्द, प्रेमबहादुर चन्द (आगर), प्रेमबहादुर चन्द (सम्राट), श्रवण ठगुन्ना, गम्भीरबहादुर चन्द, तारादत्त भट्ट, कृष्णसिंह नायक, महेशदत्त भट्ट, जनकराज भट्ट, ईश्वरदत्त भट्टको नाम सिफारिस गरिएको छ । 

यस्तै, उपप्रमुखमा सरस्वती चन्द, पार्वती चन्द, मञ्जु विष्ट, लक्ष्मी भट्ट र राधा ओझाको नाम सिफारिस गरिएको नेपाली काँग्रेस, बैतडीका सचिव वीरबहादुर विष्टले जानकारी दिनुभयो । 

यस्तै, पाटन नगरपालिकाको प्रमुखका लागि पूर्व सहायक मन्त्रीसमेत रहनुभएका केशव चन्द र नरेन्द्रसिंह विष्टको नाम सिफारिस गरिएको छ भने उपप्रमुखमा सरस्वती कोली, सरस्वती जोशी र जानकी भट्टको नाम केन्द्रीय समितिमा सिफारिस गरिएको छ । 

यसैगरी, जिल्लाको पुरचौडी नगरपालिकामा पनि उम्मेदवार छनोट गर्न नसकेपछि काँग्रेसले सो नगरपालिकाबाट पनि प्रमुख पदका लागि पाँचजनाको नाम सिफारिस गरेको छ । प्रमुखका लागि दीपकबहादुर बम, लालबहादुर बम, मोहनबहादुर कुँवर, दलबहादुर विष्ट र प्रोहित बडूको नाम सिफारिस गरिएको जिल्ला सचिव विष्टले जानकारी दिनुभयो । 

यस्तै, उपप्रमुखमा भने मीना धानुक, शोभाकुमारी धानुक र उत्तरा नेपालको नाम सिफारिस गरिएको उहाँले बताउनुभयो । यस्तै, सिगास गाउँपालिकामा अध्यक्ष पदका लागि खगेन्द्रसिंह धामी, हरिसिंह धामी र केदारनाथ अवस्थी आकाङ्क्षी देखिएपछि तीनैजनाको नाम सिफारिस गरिएको छ । 

उपाध्यक्ष पदका लागि द्रोपती चन्द, सुमित्रा ऐर र तुलसी साउदको नाम सिफारिस गरिएको छ । यस्तै, दोगडाकेदार गाउँपालिकामा अध्यक्ष पदका लागि चन्द्रसिंह भाट, देवराज जोशी, गोपालसिंह कार्की, हेमराज जोशी, शिवराज भट्ट, घनश्याम भट्ट, डम्मर ठगुन्ना र पृतबहादुर विष्टको नाम सिफारिस गरिएको जिल्ला कार्यसमितिले जनाएको छ । उपाध्यक्ष पदका लागि बिस्ना जोशी र धनमाया ठगुन्नाको नाम सिफारिस गरिएको छ । 

यसअघि उम्मेदवारमा सहमति भइसकेको भनिएको डिलाशैनी गाउँपालिकामा पनि अन्तिममा आएर विवाद भएपछि अध्यक्ष पदका लागि कर्णबहादुर राना र धनबहादुर विष्टको नाम सिफारिस गरिएको छ । 

केन्द्रमा सिफारिस गरिएका नाममध्ये एकदुई दिनमै उम्मेदवारको टुङ्गो लाग्ने नेपाली काँग्रेस, बैतडीले जनाएको छ । नेताहरु पदका लागि धेरै आकाङ्क्षी देखिएपछि कार्यकर्ता भने निराश देखिएका छन् । 

अन्य पार्टीले उम्मेदवारको छनोट गरी प्रचारप्रसारमा तल्लिन भएका बेला काँग्रेसले उम्मेदवार नै छनोट गर्न नसक्दा कार्यकर्ता निराश बनेका हुन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता