२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको तयारी अन्तिम चरणमा, कपिलवस्तुमा मतदाता शिक्षामा जोड

२०७४, १२ जेष्ठ शुक्रबार १४:०१

जेठ १२, कपिलवस्तु | स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुने निर्वाचनका लागि कपिलवस्तु जिल्लाका १० स्थानीय तहमा आवश्यक सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको र निर्वाचनमा मत बदर हुनबाट रोक्न मतदाता शिक्षालाई प्रभावकारी बनाउन विशेष जोड दिइएको जनाएको छ । 

जिल्ला विकास समिति अन्तर्गतका सामाजिक परिचालकरू, बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरु तथा शिक्षकहरू मध्येबाट प्रत्येक मतदान केन्द्रमा १ जनाका दरले ३८७ जना स्वयंसेवकलाई मतदाता शिक्षाका लागि खटाइएको छ । उनीहरूले प्रत्येक मतदाताको घर/घरमा पुगेर मतदाताहरूलाई मतदान प्रकृयाको विषयमा प्रशिक्षित गर्नेछन । आफ्नो क्षेत्रमा खटिएका मतदाता शिक्षा स्वयंसेवकहरूसँग सम्पर्क गरी मतदान प्रक्रियाको विषयमा जानकारी लिन निर्वाचन कार्यालयले सम्पूर्ण मतदाताहरूमा अनुरोध गरेको छ। प्रत्येक स्वयंसेवकले संवेदशील भएर काम गरेर नगरेको विषयमा कडाईका साथ सुक्ष्म अनुगमन गरिने निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लामा निर्वाचनको आन्तरिक तयारीलाई पनि तिव्रता दिईएको छ। निर्वाचनमा प्रयोग गरिने सम्पूर्ण सामग्रीहरू जिल्लामा प्राप्त भइसकेको छ। ती सबै सामग्रीहरूलाई मतदान केन्द्रगत रूपमा छुट्याउन कर्मचारीलाई भ्याई नभ्याई छ । ६४ थरीका सामग्रीहरू मतदान केन्द्रगत रूपमा प्याकिङ गर्न करिब १ हप्ता समय लाग्ने निर्वाचन अधिकारी ज्ञानहरी घिमिरेले बताए। मतदान केन्द्रमा खटिने कर्मचारीहरुको सुची तयार गर्ने, उनीहरुलाई प्रशिक्षण संचालन गर्ने पूर्व तयारी चलिरहेको छ भने जेठको १५ गतेदेखि प्रशिक्षण शुरू गर्ने योजना रहेको छ । प्रत्येक मतदान केन्द्रमा १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, २ सहायक कर्मचारी, २ सहयोगी कर्मचारी र २ जना स्वयंसेवक गरी  जिल्लाभरीमा ३०९० जना कर्मचारीहरू खटिने छन्। यी कर्मचारीहरू जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीहरू र सामुदायिक विद्यालयका शिक्षकहरूमध्येबाट खटिने गरी सुचिकृत गरिएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतको प्रशिक्षण जिल्ला स्तरमा संचालन हुनेछ भने अन्य कर्मचारीहरूलाई मतदान अधिकृतले मतदान केन्द्रमै प्रशिक्षण गर्नेछन । प्रत्येक गाउँपालिका र नगरपालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय जेठ १५ गतेदेखि संचालन हुनेछ। त्यसका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतहरु तोकेर प्रशिक्षण समेत संचालन गरिसकेको छ । यसरी संचालन हुने कार्यालहरूले आफ्नो स्थानीय तहको उम्मेदवारीट दर्ता गर्ने लगायत आफ्नो मतदान केन्द्रहरू अन्तर्गत मतदान सम्पन्न गरी सो को मतगणना गराई परिणाम प्रकाशन गर्नेछन । 

राजनीतिक दल र अन्य सरोकारवालाहरुले मतदाता नामावली प्राप्त गर्ने, उम्मेदवारी दर्ता गर्ने आदी कार्यहरू सोहि कार्यालमा नै गर्न सक्नेछन्। आफ्नो क्षेत्रको आचार संहिता उल्लंघनको विषयमा निर्णय लिने अधिकार समेत सोही कार्यालयलाई  रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सबैजनालाई निर्वाचन आचारसंहिताको विषयमा संवेदनशील भै आचार संहिताको पालना गर्न निर्वाचन कार्यालयले अनुरोध गरेको छ । त्यसैगरी सम्भावित मतगणना स्थल पहिचान गर्ने, मतदान केन्द्रहरूको वस्तुस्थिती र संवेदनशीलता समेत पहिचान गरी सोही अनुसार सुरक्षा निकायहरूले एकिकृत सुरक्षा योजना बनाएको जिल्ला निर्वाचन अधिकारी घिमिरेले बताए। जिल्लामा समग्र निर्वाचन क्रियाकलापहरू  कसरी सम्पन्न गर्ने भन्ने विषयमा जिल्ला निर्वाचन कार्यालयको समन्वयमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सम्पूर्ण निर्वाचन अधिकृतहरू , सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरू तथा जिल्ला निर्वाचन अधिकारीको समन्वय बैठक बसेको छ। उक्त बैठकले निर्वाचन संचालनका सम्बन्धमा रणनितिहरू तय गरेको निर्वाचन अधिकारी घिमिरेले बताए । कपिलवस्तु जिल्लामा १० स्थानिय तहमा २ लाख ८६ हजार ५४८ मतदाता रहेका छन्। जसमध्ये सबैभन्दा धेरै वाणगंगा नगरपालिकामा ४६ हजार ७ सय ३१ र सबै भन्दा कम विजयनगर गाउँपालिकामा १७ हजार ५७ मतदाता छन । – मो इमरान खानको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ