जेठ १३, परासी | मधेश तराई फोरमले नवलपरासीमा मेयर पदका लागि तेश्रो लिङ्गी उम्मेदवार चयन गरेको छ । दोश्रो चरणमा हुन लागेको स्थानिय तहको निर्वाचनमा भाग लिदै मत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १३, परासी | मधेश तराई फोरमले नवलपरासीमा मेयर पदका लागि तेश्रो लिङ्गी उम्मेदवार चयन गरेको छ । दोश्रो चरणमा हुन लागेको स्थानिय तहको निर्वाचनमा भाग लिदै मत"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मतफोले उठायो तेश्रो लिङ्गी उम्मेदवार (को हुन गिता ?)

१३ जेष्ठ २०७४, शनिबार ०४:२४


जेठ १३, परासी | मधेश तराई फोरमले नवलपरासीमा मेयर पदका लागि तेश्रो लिङ्गी उम्मेदवार चयन गरेको छ । दोश्रो चरणमा हुन लागेको स्थानिय तहको निर्वाचनमा भाग लिदै मतफो पार्टीले तेश्रो लिङ्गीलाई मेयरको उम्मेदवार बनाएको हो ।

जिल्लाको सदरमुकाम परासी स्थित रामग्राम नगरपलिकामा मतफोले मेयर पदका लागि तेश्रो लिङ्गी गिता सैंथवारको उम्मेदवारी आज घोषणा गरेकोे छ । रामग्राम नगरपालिका वडा नं. ७ उजैनी घर भएका गिता निकै लोकप्रिय र सक्षम उम्मेदवार रहेको मतफोले दावी गरेको छ । त्यस्तै पार्टीले उप–मेयरमा नगरपालिकाको वडा नं. ७ उजैनी कै केवल कुर्मीलाई उम्मेदवार बनाएको पार्टीका जिल्ला अध्यक्ष दिपचन्द्र कौशलले जानकारी दिए । पार्टीले नवलपरासीमा तेश्रो लिङ्गी उम्मेदवार उठाएपछि यहाँका सबै जनताहरु चकित परेका छन् । यतिबेला नगरमा तेश्रो लिङ्गी उम्मेदवारकै चर्चा परिचर्चा  छ । गिता तेश्रो लिङ्गी भएपनि उनी विवाहिक जिवनमा बाँधिएर महिलाको रुपमा नागरिकता पाएको बताईन् ।

को हुन गिता ? र के छ उनको पेशा ?

वि.संं २०१९ सालमा गिताको भारतमा जन्म भएको थियो । १५ वर्षको उमेरमा उनी नेपालको नवलरासीको साबिक सुक्रौलि गाविस निवासी रामजी सैंथवार संग विवाह गरि नेपाल छिरेकि थिईन् । सुक्रौली घर रहेको गिताले मनको शान्ती नपाएपछि उनी रामग्रामको वडा नं. ७ मा अवस्थित रामग्राम स्तुप संग जोडिएको गाउँ, उजैनीमा बसोबास गर्न थालिन । उनी उजैनी बस्दै गरेकोे ४० वर्ष बितिसक्यो । उनी बुद्ध धर्ममा आस्था राख्दछिन त्यसकारण रामग्राम स्तुप नजिकको गाउँ उजैनीमा बस्न आईन् ।

गिता संग तेश्रो लिङ्गीको एक जमात नै छ । विवाह, भोज, बच्चाको जन्मको खुशी लगायतका खुशीका अवसरमा उनलाई बोलाइएपछि उनी त्यस अवसरमा नाचगान गरि आयोजक घरपरिवारलाई आशिर्वाद दिने काम गर्छिन् । उनले भनिन् यहि नै मेरो पेशा हो जसबाट मैलो आफनो पेट पाल्दै आएछुँ ।

के छ राजनितिक अवस्था ?

उनी राजनितिमा आफँु नयाँ रहेको बताईन् यद्यपी उनी पहिलादेखि नै राजनितिमा रुची राख्दथिईन । गत संविधान सभाको निर्वाचनमा गिता नेपाल युवा किसान पार्टीबाट जिल्लाको क्षेत्र नं. ६ बाट सभाषदको चुनाव लडेकि थिईन् । सभाषदको चुनाव पश्चात उनी राजनितिक यात्रामा बैक भई आफनो पेशमा लागिन् । आसन्न दोश्रो चरणको निर्वाचनमा मतफोले उनलाई मेयरका लागि प्रस्ताव गरेपछि उनी फेरि राजनिति क्षेत्रमा कमब्याक भएको बर्ताइन् र अहिले उनी मधेश तराई फोरम पार्टीबाट मेयरका लागि चुनाव लडदै छिन् ।  

के छ गिताको विकासका एजेण्डाहरु ?

नगरमा रहेका गरिब दुखियाहरुलाई सेवा र सुविधा दिएर खुशी बनाउने मेरो प्रमुख एजेण्डा रहेको गिताले बताईन् । नगरमा धेरै जसो मान्छे ८ नं. प्रतिमा बसोबास गरिरहेका छन् म मेयर भएपछि ति सुकुम्बासीहरुलाई सरकारद्धारा लालपुर्जा दिलाउने कार्यमा मेरो अहम भुमिका रहने बर्ताइन् । नगरकोक कुनैपनि बाटो कच्ची र खाल्टो खुल्टी रहदैन सबै कालो पत्रे गछुँ । साथै रामग्राम स्तुपको विकास र संरक्षणका लागि छुट्टै रामग्राम कोष खडा गरि यसको गुरु योजना बनाउने देखि लिएर यसको समग्र विकासमा म कसिएर लाग्ने गिताले बताईन् । रामग्राम स्तपुमा एउटा भगवान गौतम बुद्धको मुर्ति स्थापना गर्ने, सुन्दर पोखरी निर्माण गर्ने, तिर्थयात्रीका लागि बस्ने बास स्थानको व्यवस्था गर्ने पनि जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता