६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा माओवादी केन्दले लगायो उम्मेवारको टुंगो

१४ जेष्ठ २०७४, आईतवार १५:११

ललित बोहरा | जेठ १४, डडेल्धुरा | जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्र डडेल्धुराले उम्मेदवारहरुको टुंगो लगाएको छ ।

७ वटा स्थानीय तह रहेको डडेल्धुरामा माओवादीले तीन वटा स्थानीय तहका  सबै उम्मेदवारहरुको सहमति बाटै टुंगो लगाएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मान सिं माल क्रान्तिले जानकारी दिएका छन् । उनले दुई वटा स्थानीय तहमा अध्यक्ष पदका उम्मेवारको पनि  टुंगो लगाएको बताएका छन् ।

माओवादी केन्द्रले परशुराम नगरपालिकाको प्रमुखमा शेर सिं माललाई उम्मेदवार बनाएको छ । उनी जिल्ला संयोजक मान सिं माल क्रान्तिका दाइ हुन् । यस नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रले उपप्रमुखमा विमला महतालाई उम्मेदवार बनाएको छ ।

यस्तै आलिताल गाउँपालिकाको अध्यक्षमा जगत पार्कीलाई उम्मेवार बनाएको छ । उनी लामो समय देखि माओवादी पार्टीमा सक्रियरुपमा राजनीति गरिरहेका छन् । उनी माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन् । यस गाउँपालिकमा उपाध्यक्षमा सुशिला खत्रीलाई उम्मेदवार बनाएको नेकपा माओवादीले जनाएको छ ।

अजयमेरु गाउँपालिकाको अध्यक्षमा उमेश प्रसाद भट्टलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ । उनी महाधिवेशन आयोजक समिति सदस्य तथा माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्ट ‘विनोद’का भाई हुन् । उक्त गाउँपालिकाको उपाध्यक्षमामा कलापति भाँणलाई उम्मेदवार बनाएको छ ।

गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा ईश्वरीदत्त भण्डारीलाई उम्मेदावर बनाएको छ भने उक्त गाउँपालिकाको उपाध्यक्षको टुंगो लगाउन बाँकी रहेको छ ।

यस्तै भागेश्वर गाउँपालिकाको अध्यक्षमा माओवादीले ओम प्रकाश साउँदलाई टिकट दिएको छ । अध्यक्ष पदका उम्मेदवार साउँद महाधिवेशन आयोजक समिति सदस्य हुन् ।

माओवादी केन्द्रले नवदुर्गा गाउँपालिका र अमरगढी नगरपालिकाको उम्मेदवारको टुंगो लगाएको छैन् । जिल्ला संयोजक मालले केही दिनमै बाँकी उम्मेदवारहरुको टुंगो लगाउने बताएका छन् । अमरगढी नगरपालिकामा माओवादी केन्द्रबाट प्रमुखमा दुई जना आकांक्षी देखिएका छन् ।

माओवादी केन्द्रबाट प्रमुख लागि करुणाकर ओझा र यक्षराज जोशीको नाम अहिले चर्चामा रहेको छ । ओझा महाधिवेशन आयोजक समिति सदस्य हुन् भने जोशी जिल्ला सचिवालय सदस्य हुन् ।

जिल्लामा नेकपा एमाले, राष्ट्रिय जनमोर्चाले उम्मेवारको टुंगो लगाइ सकेका छ भने सबै भन्दा ठूलो दल नेपाली काँग्रेसले भने अझैँ पनि उम्मेदवारहरुको टुंगो लगाउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता