जेठ १५, प्युठान । प्युठानमा आशन्न स्थानिय तहको निर्वाचनका लागि भन्दै घोषणा  गरिएको  चुनाबी कार्यगत एकता हप्ता दिन नबित्दै तुहिएको छ। सांगठानिक हिसाबले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १५, प्युठान । प्युठानमा आशन्न स्थानिय तहको निर्वाचनका लागि भन्दै घोषणा  गरिएको  चुनाबी कार्यगत एकता हप्ता दिन नबित्दै तुहिएको छ। सांगठानिक हिसाबले "/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा एमाले र जनमोर्चाको चुनावि तालमेल भांडियो

१५ जेष्ठ २०७४, सोमबार १५:४८

जेठ १५, प्युठान । प्युठानमा आशन्न स्थानिय तहको निर्वाचनका लागि भन्दै घोषणा  गरिएको  चुनाबी कार्यगत एकता हप्ता दिन नबित्दै तुहिएको छ। सांगठानिक हिसाबले जिल्लामा शसक्त मानिएका  नेकपा एमाले र राष्ट्रीय जनमोर्चा बिच भएको चुनाबी तालमेल अन्तत:तुहिएको हो ।

एमाले जिल्ला नेतृत्वले आफ्ना कार्यकर्तालाइ संझाउन नसकेपछी 

राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्ने समझदारी भङ्ग भएको घोषणा गरेको हो । जनमोर्चाका जिल्ला अध्यक्ष कृष्णबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई पक्षबीच भएको सहमति इमान्दारितापूर्वक कार्यान्वयन गर्न बारम्बार आग्रह गर्यौं । तर, एमाले नेतृत्व त्यसमा गम्भीर भएन ।’ एमालेकै कारण संयुक्त रुपमा चुनावमा जाने वातावरण बिग्रिएको भन्दै राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल भङ्ग भएको घोषणा गरेको छ । 

एमाले र राष्ट्रिय जनमोर्चाबीच जेठ ८ गते आसन्न दोस्रो चरणको चुनावका क्रममा प्यूठानमा तालमेल गर्ने सहमति भएको थियो । तर, त्यसको एमालेबाटै विरोध भयो । दुई दलबीच भएको सहमति लागू गर्न र पार्टीमा देखिएको असन्तुष्टि समाधान गर्न एमालेले १० र ११ गतेको समय मागेको थियो ।

तर, एमाले नेतृत्वबाटै सहमति विपरितका नयाँ सर्तहरु राख्ने काम भएको राष्ट्रिय जनमोर्चाले बताएको छ । दुई दलबिच चुनावी तालमेल गर्ने सहमति भएपछि नेकपा एमाले समर्थक नेता तथा कार्यकर्ताहरुवाट स्थानीय स्तरबाट व्यापक विरोध आएपछि सहमति भाडिएको हो । 

तालमेलको खबर पाए पछि जिल्ला सदरमुकाम खलङ्गा पुगेका एमाले कार्यकर्ताले एमाले जिल्ला नेतृत्व बिरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता