2026-06-28 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका पूर्वअर्थमन्त्रीले किन गरे महराको प्रशंसा ?

2017-05-30

जेठ १६, काठमाडौँ । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सोमबार प्रस्तुत गरिएको बजेट सङ्घीयताको सुनिश्चितता हुनेगरी आएको बताएका छन् ।

मंगलवार आज रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्व अर्थमन्त्री अधिकारीले सरकारले निर्वाचन आचारसंहिताभित्र बसेर सङ्घीयतासम्बन्धी पहिलो बजेट ल्याएकाले अर्थमन्त्री महरालाई धन्यवाद दिनुपर्ने भन्दै सो बजेटले स्थानीय निकायलाई मजवुत बनाउने बताए ।

आफनो गाउँघरमा विकास गर्छु भनेर भोट मागेर विजयी भएका स्थानीय तहका पदाधिकारीले विकासको काम गर्दैन भन्ने आफूलाई नलागेको बताउँदै उनले नेपालमा व्यापार घाटा डरलाग्दो ढङ्गले बढेको र यसलाई सम्बोधन गर्न अव बन्ने सरकारले ध्यान दिनुपर्ने बताए ।

कृषि क्षेत्रमा लगानी गरी उत्पादन बढाउनुपर्ने, ठूलठूला उद्योगको स्थापना, राष्ट्रिय गौरवको आयोेजना अगाडि बढाउने राम्रो पक्ष भएको चर्चा गरे ।

यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारले आर्थिक विकासको एजेन्डालाई केन्द्रमा राखेर बजेट ल्याएको बताउँदै नेपालमा पनि सङ्घीय बजेट सुरुवातको दर्ज भएको बताए ।

उनले ऊर्जा क्षेत्रको विकासमा रु ७८ अर्ब छुट्याएको छ, जुन अति राम्रो र महत्वपूर्ण छ भने । पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले संविधानले किटान गरेको समय सीमाभित्र सरकारले बजेट ल्याउनसक्नु राम्रो पक्ष भएको बताए । स्थानीय निकायले कार्यक्रम स्वीकृत गर्न नपर्ने, केन्द्रको योजना तल्लो तहमा हस्तान्तरण राम्रो पक्ष भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी