2026-06-28 06:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा माओवादी केन्द्रले उम्मेदवारी टुङ्गो लगायो

2017-06-02

जेठ १९, इलाम । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले यहाँका १० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ ।

माओवादी केन्द्र इलाम जिल्ला कार्यालय सचिव जीवन शर्माका अनुसार चार नगरपालिका र छवटा गाउँपालिकामा उम्मेदवार टुङ्गो लागेको हो । उम्मेदवारी घोषणासँगै प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यका साथै कार्यकर्ता चुनावी प्रचारप्रसारका लागि गाउँ–गाउँ पस्न थालेका छन् । माओवादीले ८१ वटा वडामा वडाध्यक्ष र सदस्यको उम्मेदवारी यसअघि नै घोषणा गरिसकेको छ ।

माओवादी केन्द्रले सन्दकपुर गाउँपालिकाको अध्यक्षमा प्रेम नाछिरिङ राई र उपाध्यक्षमा भूमिका तामाङ, माईजोगमाई गाउँपालिकाको अध्यक्षमा देवी शिवाकोटी र उपाध्यक्षमा सङ्गीता थामी, सूर्योदय नगरपालिकाको प्रमुखमा छवि राई र उपप्रमुखमा टीका घिमिरे (राई)को उम्मेदवारी घोषणा गरेको हो ।

यसैगरी, रोङ गाउँपालिकाको अध्यक्षमा नवराज कट्टेल र उपाध्यक्षमा अञ्जना लेप्चा, माई नगरपालिकाको प्रमुखमा भक्त लुङ्गेली र उपप्रमुखमा रञ्जना थापा, चुलाचुली गाउँपालिकाको अध्यक्षमा तुला लावती र उपाध्यक्षमा धनमाया पोखरेलको उम्मेदवारी घोषणा भएको हो ।

यस्तै, फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा राजकुमार थापा र उपाध्यक्षमा लक्ष्मी मुखिया, देउमाई नगरपालिकाको प्रमुखमा रामकुमार राई र उपप्रमुख शान्ता बस्नेत तथा इलाम नगरपालिका प्रमुखमा छविलाल आचार्य (प्रभाष) र उपप्रमुखमा प्रेमकुमारी गुरुङको उम्मेदवारी घोषणा भएको हो ।

माङसेबुङ गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्षको उम्मेदवार अझै घोषणा गर्न नसकिएको माओवादी केन्द्रले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी