जेठ १९ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १९ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहर"/>

२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको वातावरण बनाउन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

२०७४, १९ जेष्ठ शुक्रबार ०८:०३


जेठ १९ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै दोस्रो चरण तथा प्रदेश र सङ्घका निर्वाचनमा समेत यस्तै भूमिका खेल्न निर्देशन दिएका छन् । 

प्रहरी निरीक्षक आधारभूत तालिम १६५औँ समूहको दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले दीक्षित हुन लागेका अधिकृतहरुले पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गराउने चुनौतीपूर्ण अवसर प्राप्त गरेको बताए। 

उन्नाइस महिनाको निरन्तर तथा अथक प्रयास, दृढ समर्पण, लगन र मिहेनतपश्चात् प्रहरी निरीक्षक तालिम सफलतापूर्वक सम्पन्न गरेकामा दीक्षित भएकाहरुलाई प्रधानमन्त्रीले बधाई दिँदै कार्य क्षेत्र र व्यक्तिगत जीवनमा सदैव सफलताको शुभकामना दिए। 

समग्र राज्यको सुरक्षा र सञ्चालनमा आन्तरिक सुरक्षाको महत्वपूर्ण र गहन जिम्मेवारी सरकारले नेपाल प्रहरीलाई दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, 'प्रहरी कानुनको आँखा पनि हो, जसले सबै ठाउँमा निगरानी राख्छ।'

प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न आवश्यक पर्ने ज्ञान, सीप र दक्षता अभिवृद्धिका लागि हालका दिनमा प्रहरी निरीक्षक आधारभूत तालिमलाई आधुनिकीकरण तथा अन्तर्राष्ट्रिय रुपमा समेत शैक्षिक पहिचान दिलाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा पिजी डिप्लोमा कार्यक्रम सञ्चालन गरेको जानकारी पाउँदा आफूलाई खुसी लागेको प्रधानमन्त्रीले बताए । 

समय र प्रविधिको विकास सँगसँगै अपराधको क्षेत्रमा समेत नयाँ नयाँ चुनौती र जटिलता थपिएकाले त्यस्ता किसिमका चुनौतीलाई व्यावसायिक र प्रभावकारी रुपमा सामना गर्न परिष्कृत ज्ञान, सीप साथै दायित्वबोध र निरन्तर लगावको खाँचो पर्नेमा उनले जोड दिए । 

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रसँगै आमनागरिकमा राज्यप्रतिको माग र आकाङ्क्षाहरु बढेर गएसँगै केही आपराधिक र गैरराजनीतिक तत्वहरु यसै अवसरलाई उपयोग गरी अवाञ्छित क्रियाकलाप सञ्चालन गर्ने दुष्प्रयास गरिरहेको उल्लेख गरे। दीक्षित भई जान लागेका प्रहरी अधिकृतहरुलाई लक्षित गर्दै उनले कार्य क्षेत्रमा आफूलाई प्राप्त ज्ञान, कौशल र सीपको सही र उचित सदुपयोग गरी यस्ता अवाञ्छित क्रियाकलापलाई नियन्त्रण गर्न निर्देशन दिए । 

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जनमैत्री प्रहरी सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरे । 

प्रहरीले दिने जनसेवा नागरिकले बिना भेदभाव सरल र सहज रुपमा पाउने वातावरण बनाउन दीक्षित भएका प्रहरी अधिकृतहरुलाई निर्देशन दिए । 

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रशिक्षणको दिन सकिएको र अब परीक्षाको दिन सुरु भएकाले त्यसमा इमान्दारितापूर्वक व्यावसायिक कार्यमा लाग्न अधिकृतहरुलाई आग्रह गरे ।

थापा उत्कृष्ट प्रशिक्षार्थीः

तालिममा लमजुङका नारायण थापा प्रथम, धनकुटाका मोतिलाल योञ्जन तामाङ द्वितीय, बैतडीका केशवराज भट्ट तृतीय भए ।

त्यस्तै अध्ययनतर्फ कैलालीका नरेशराज मल्ल प्रथम, कवाजतर्फ कञ्चनपुरका नरबहादुर साउद, शारीरिक व्यायामतर्फ धनकुटाका मोतिलाम योञ्जन तामाङ, प्रहरी युक्ति तथा कारबाहीतर्फ बागलुङका दीपक थापा र चाँदमारीतर्फ बैतडीका पुष्करराज पन्त र महिलातर्फ काभ्रेपलाञ्चोककी अनु लामा प्रथम भए। दीक्षान्त समारोहमा उत्कृष्ट प्रशिक्षार्थीलाई प्रधानमन्त्रीले पुरस्कृत गरे।

तालिममा १३ जना महिलासहित १३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ