जेठ २४, काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नयाँ सरकारप्रति आफ्नो पार्टीको पूर्णसमर्थन वा पूर्ण विरोधको नीति नरहने बताउनुभएको छ । 

समसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २४, काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नयाँ सरकारप्रति आफ्नो पार्टीको पूर्णसमर्थन वा पूर्ण विरोधको नीति नरहने बताउनुभएको छ । 

समसा"/>

2026-06-28 08:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको काम र नीति हेरेर समर्थन र विरोध: नेपाल

2017-06-07


प्रज्वल पाैडेल/जेठ २४, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको नीति, व्यवहार र कामका आधारमा एमालले समर्थन र विरोध गर्ने बताएका छन् ।

समसामयिक राजनीतिक विषयमा प्रेस चौतारी नेपालले बुधबार राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता नेपालले यस्ताे बताएका हुन् । देउवाले देशमा सुशासन कायम गर्न राख्न शंका रहेकाे बताउदै उनले देशभक्तिको भावनालाई केन्द्रमा राखेर विकास र समृद्धिकाे पक्षमा नवनिर्वाचित प्रधानमन्त्रीलाई मौका भएकाे धारणा राखे ।

पहिलो चरणको निर्वाचनमा शक्ति र सत्ताको दुरुपयोग हुँदाहुँदै पनि एमाले पहिलो पार्टीको रुपमा उदाएकाे बताउदै नेता नेपालले भने- " कम्युनिष्ट पार्टी तराइमा नै हुर्केकाे पार्टी हाे, अब तराईमा पनि एमाले पहिलो पार्टी बन्छ।"
एमाले वरिष्ट नेता नेपालले तीन तहकै निर्वाचन सम्पन्न भएपछि मात्र संविधान संशोधनमा छलफल हुन सक्ने स्पष्ट पारे ।

उनले भने-"चुनाव अगाडि संविधान संशोधनकाे सम्बन्धमा के कसाे गर्ने भनेर छलफल हुन सक्दैन ।"
नेता नेपालले संसद्को म्याद थपेर सरकारको आयू लम्ब्याउने कुरा एमालेलाई मान्य नहुने धारणा राखे। समयमा नै भयरहित वातावरणमा स्वच्छ निष्पक्ष रूपमा चुनाव सम्पन्न गर्न सरकार लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी