जेठ २४, काठमाडौं । कम्युनिस्ट केन्द्र नेपाल र नेकपा (माक्र्सवादी)बीच पार्टी एकता भएको छ । 

बुधबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा आयोजित एक विशेष का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २४, काठमाडौं । कम्युनिस्ट केन्द्र नेपाल र नेकपा (माक्र्सवादी)बीच पार्टी एकता भएको छ । 

बुधबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा आयोजित एक विशेष का"/>

2026-06-28 10:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्ट केन्द्र र माक्र्सवादीबीच पार्टी एकता

2017-06-07


जेठ २४, काठमाडौं । कम्युनिस्ट केन्द्र नेपाल र नेकपा (माक्र्सवादी)बीच पार्टी एकता भएको छ । 

बुधबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा आयोजित एक विशेष कार्यक्रममा एकता घोषणा गरेको हो । कार्यक्रममा केन्द्रका अध्यक्ष दुर्गाप्रसाद जैसी र नेकपा (माक्र्सवादी)का संयोजक टंकनाथ पौडेलद्वारा वितरित हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा माक्र्सवाद–लेनिनवाद–माओविचारधारालाई पथप्रदर्शक मान्दै नौलो जनवादी क्रान्ति सम्पन्न गर्र्नुलाई मुख्य कार्यभार बनाइएको उल्लेख गरिएको छ । 

साथै, जनताको चाहना गणतन्त्र घोषणा भइक्दा पनि पूरा हुन नसकेको भन्दै संविधानप्रति पार्टीले अलोचनात्मक समर्थन मात्र गरेको उल्लेख छ । तत्कालीन प्रधानमन्त्री प्रचण्डले दिल्लीमा गरेको सम्झौतापछि मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कमजोर भएको भन्दै सम्झौताको खुलेर विरोध गरेको छ । 

०६२/०६३ को जनआन्दोलनपछि राज्य पुनर्संरचनाका क्रममा राज्यले पश्चिमी संसदीय प्रणालीलाई अझ बलियो पार्ने काम गरेको भन्दै मुलुकलाई सिक्कीमिकरण र भुटानीकरण गर्दै लगेकोमा आपत्ति जनाइएको छ ।

कार्यक्रममा माक्र्सवादी नेता साध्यबहादुर भण्डारी, जनमोर्चा नेपालका तेजप्रसाद घिमिरे, शिव श्रेष्ठ, नेकपा (माक्र्सवादी)का अमृत पुरी, कम्युनिस्ट केन्द्र नेपालका केपी गौतम, रामहरि गौतमलगायत नेताहरुले धारणा राखेका थिए ।

एकतापछि पार्टीको नाम नेकपा (माक्र्सवादी) राखिएको छ । यसलाई महाधिवेशन वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी