टेक शाही/असार १, डोल्पा । एक बर्ष १२ दिन पछि डोल्पा जिल्लामा आधिकारिक ट्रेड यूनियनको कार्यालय औपचारिक रुपमा स्थापना गरिएको छ । बिहिबार दिउसो दुनैमा बिभिन्न स्थानिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/असार १, डोल्पा । एक बर्ष १२ दिन पछि डोल्पा जिल्लामा आधिकारिक ट्रेड यूनियनको कार्यालय औपचारिक रुपमा स्थापना गरिएको छ । बिहिबार दिउसो दुनैमा बिभिन्न स्थानिय"/>

2026-10-29 05:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा एक बर्षपछि आधिकारिक ट्रेड यूनियनको कार्यालय स्थापना

टेक शाही/असार १, डोल्पा । एक बर्ष १२ दिन पछि डोल्पा जिल्लामा आधिकारिक ट्रेड यूनियनको कार्यालय औपचारिक रुपमा स्थापना गरिएको छ । बिहिबार दिउसो दुनैमा बिभिन्न स्थानिय बजा सहित बृहत र्याली गरेर ट्रेड यूनियनको कार्यालय स्थपना गरिएको हो । 

आधिकारि ट्रेड यूनियन डोल्पाका अध्यक्ष गोर बहादुर बुढाको अध्यक्षतामा प्रमूख जिल्ला अधिकारि केशवराज आचार्य प्रमूख अतिथिमा रहनु भएको थियो । जिल्लामा रहेका बिभिन्न कर्मचारि सँगठनका कर्मचारिहरुको उल्लेख्य उपस्थितिमा कार्यालयको स्थापना ब्यानर खोलेर गरिएको आधिकारि ट्रेड यूनियन डोल्पाका अध्यक्ष गोर बहादुर बुढाले जानकारि दिनु भयो । 

दुनै बजारमा र्याली गरेपछि जिल्ला समन्वय समितिको सभाहलमा अगरबत्ति र पानसमा बत्ति बालेर ब्यानर खोली प्रमूख जिल्ला अधिकारि केशब राज आचार्यले कार्यालयको औपचारिक रुपमा उद्दघाटन गर्नु भयो । उपस्थित कर्मचारिहरुको तर्फबाट मन्तब्य दिने क्रममा एक बर्ष पछि आधिकारि ट्रेड यूनियनको कार्यालय स्थापना हुदा दुखद भएको र एक बर्ष पहिले आधिकारि ट्रेड यूनियनको निर्वाचन हुदा गरेका चुनावि प्रतिबद्धता कर्मचारिका प्रतिनिधिले भुलेको प्रकाश खड्काले आरोप लगाउनु भयो । 

गएको २०७३ साल जेष्ठ १९ गते आधिकारि ट्रेड यूनियनको निर्वाचन पहिलो पटक भएको थियो । निर्वाचन भएको एक बर्ष सम्म पनि जिल्लामा कर्मचारिहरुको छाता सँगठनले आफनो कार्यालयको स्थपना गर्न नँसक्नु दुखदायि भएको र कार्यालय नै स्थानिा गर्न नँसक्ने ट्रेड यूनियनले कर्मचारिहरुको हक अधिकार शुनिस्चत गर्न सक्ला कि नँसक्ला भन्ने शँका रहेको जिल्लाका कर्मचारिहरुको दुखेसो रहेको छ । 

डोल्पा जिल्लामा हाल बिभिन्न राजनितिक दलका तिनवटा भातृ सरागठनहरु रहेका छन । नेपाली काँग्रेस निकट नेपाल निजामति कर्मचारि यूनिय सँघ,नेकपा एमाले निकट भातृ सँगठन नेपाल निजमति कर्मचारि सँगठन,माओबादि केन्द्र निकट कर्मचारिहरुको भातृ सँगटन नेपाल राष्ट्रिय कर्मचारि सँगठन गरि तिवटा कर्मचारिहरुको सँगठन रहेको छ । तर आधिकारिक ट्रेड यूनियन जिल्ला कार्या समितिमा भने अध्यक्षमा एमाले निकट कर्मचारि सँगठनका रहे पनि अन्य पदाधिकारिमा भने सबै सँगठनका पदाधिकारिहरु मिलाएर लगेको तिनवटै सँगठनले जानकारि दिएका छन । 

आधिकारि ट्रेड यूनियनको निर्वाचनका बेलमा धेरै खाले बिबाद र तिक्तता रहे पनि निर्वाचन पछि सबै एकै ठाँउमा बसेर छलफल र कर्मचारिहरुको हकहित र अधिकारका बिषयमा छलफल गरेको जिल्लाका बिभिन्न पदाधिकारिहरुले बताएका छन । एक बर्ष पछि भए पनि कार्यालय स्थापना भएको र अबका दिनमा देश स्थानिय तहमा गएको बेलामा कर्मचारि समायोजन देखि लिएर सुगम र दुर्गमका कर्मचारिहरुकोे सेवा सुबिधामा पनि हेरफेर हुनु पर्ने कर्मचारिहरुको माग रहेको छ । 

दुर्गममा बसेको कर्मचारिले सुगममा बसेको कर्मचारिको बराबर सेवामा जनतालाइ सेवा दिन नँसक्ने र दुर्गममा रहेका कर्मचारिहरुको बिशेष सेवा सुबिधाको ब्यवस्था हुने पर्नेमा जोड दिन आधिकारिक ट्रेड यूनियन जिल्ला कार्या समिति डोल्पालाइ कर्मचारिहरुले ध्यायनकार्षण गराएका छन ।  एक बर्षमा बिभिन्न खाले कामका समस्याका कारण कर्मचारिहरुको लागि काम गर्न नँसकेको र अब हरतरह लागि पर्ने र ढुक्क हुनमा आधिाकारिक ट्रेड यूनियन जिल्ला कार्या समिति डोल्पाका अध्यक्ष लगयात सबै पदाधिकारिहरुले प्रतिबद्धता समेत जनाएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ