2026-07-25 09:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

तेह्रथुममा एमालेले सबै उम्मेदवारको टुङ्गो लगायो

असार १, तेह्रथुम । जिल्लाका दुईवटा नगरपालिका, चारवटा गाउँपालिका र ४३ वटै वडामा नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएको छ । 

एकै पदमा पाँचजनासम्म आकाङ्क्षी भएपछि गाउँ, नगर, जिल्ला हुँदै प्रदेश कमिटीसम्मको रस्साकस्सीपछि एमालेले जिल्लैभरिका सबै उम्मेदवारको टुङ्गो लगाएको हो । एमालेले पत्रकार सम्मेलन गर्दै जिल्लाका सबै स्थानीय तहमा गरी २२६ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । 

एमालेले जिल्लाका छवटै प्रमुख पदमा पुरुषमात्रै उम्मेदवार बनाएको छ भने उपप्रमुखमा एक दलित महिलासहित सबै महिला उम्मेदवार चयन गरेको छ । मेन्छ्यायेम गाउँपालिका–१ मा एमालेले दलित महिला सदस्यका लागि उम्मेदवार नपाएपछि खाली राखेको छ । 

वडाध्यक्षमा सबै पुरुषमात्रै उम्मेदवार छन् । खुला सदस्यमा पनि तीनजना महिलालाई मात्रै उम्मेदवार बनाएको छ । केही साताअघिसम्म एमालेले पनि साना दलसँग गठबन्धन गर्ने भनिएको भए पनि जित सुनिश्चित भन्दै एमालेले एकल उम्मेदवारी घोषणा गरेको छ । 

एमालेले म्याङ्लुङ नगरपालिकाको प्रमुखमा सञ्जयकुमार तुम्बाहाम्फे, लालीगुराँस नगरपालिकाको प्रमुखमा कमलबहादुर खड्का, आठराई गाउँपालिकाको अध्यक्षमा मानबहादुर लिम्बू ,फेदाप गाउँपालिकाको अध्यक्षमा हरि चोङ्वाङ, मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा यादवबहादुर खापुङ र छथर गाउँपालिकाको अध्यक्षमा सन्तोष तिगेलालाई उम्मेदवार बनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक