2026-09-28 10:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा २ सय २७ पदका लागि ७ सय ८६ को उम्मदवारी

असार ५, तेह्रथुम । दुई नगरपालिका, चार गाउँपालिका र ४३ वटा वडा रहेको तेह्रथुममा २ सय २७ पदका लागि ७ सय ८६ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले आइतबार स्थानीय तहको नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरेको थियो । 

विहान ८ बजेदेखि साँझ ४ बजेसम्म दर्ता गर्ने र साँझ ५ बजे नै उम्मेदवारी दिनेको नामावली प्रकाशन गर्ने भनिएको भएपनि राति १२ बजे मात्रै उम्मेदवारहरुको मनोनयन सकिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याङलुङ्ग नगरपालिकामा ५२ पदका लागि १ सय ८६ जनाले उम्मेदवारी दिएका छन् । 

लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १ सय ४९ जना, आठराई गाउँपालिकामा ३७ पदका लागि १ सय ३१ जना, फेदाप गाउँपालिकामा २७ पदका लागि ८८ जना, मेन्छ्यायेम गाउँपालिकामा ३२ पदका लागि १ सय जना र छथर गाउँपालिकामा ३२ पदका लागि १ सय ३२ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिए । 

एक जना निर्वाचित हुने प्रमुख पदमा म्याङलुङ्ग नगरपालिकामा ९ जना, लालीगुराँस नगरपालिकामा ७ जना, मेन्छ्यायेम गाउँपालिकामा ४ जना, फेदाप गाउँपालिकामा ५ जना, आठराई गाउँपालिकामा ६ जना र छथर गाउँपालिकामा ११ जनाको उम्मेदवारी परेको छ । 

यस्तै एक जना नै निर्वाचित हुने उपप्रमुख पदमा म्याङलुङ्गमा ६ जना, मेन्छ्यायेम, फेदाप र लालीगुराँसमा ४–४ जना, आठराईमा ५ जना र छथरमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । 

४३ जना निर्वाचित हुने वडाध्यक्ष पदका लागि १ सय ६९ जना, महिला सदस्य पदका लागि १ सय ३४ जना, दलित महिला सदस्य पदका लागि १ सय १७ जना र ८६ जना निर्वाचित हुने खुला सदस्य पदका लागि २ सय ९३ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमले जनाएको छ । 

लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनको मनोनयन दलहरुले हर्षौल्लासका साथ बाजागाजासहितको ¥यालीले बजार परिक्रमा गरी निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दर्ता गराएका थिए । जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरुमा दलहरुबीच शक्ति प्रदर्शनको होडबाजी नै चलेको देखियो । 

विशेषगरी नेपाली कांग्रेसले विशाल जनप्रदर्शन गरेको छ । सदरमुकाम म्याङलुङ्ग, लालीगुराँस, छथर, आठराई, फेदाप लगायत क्षेत्रमा कांग्रेसले जनप्रदर्शन गरेको हो । एमालेले पनि कार्यकर्ताहरुको ठुलै भीड लिएर मनोनयन दर्ता गराएको छ । 

निर्वाचन आयोगका अनुसार दाबी विरोध, उम्मेदवारी फिर्ता र चेकजाँच समेत गरेर असार ६ गते ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह