२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार

६ कार्तिक २०८१, मंगलवार १२:३३

काठमाडौँ | ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध इन्टरपोलको ‘रेड नोटिस’ जारी गर्न प्रहरी प्रधान कार्यालयले पहल गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको उच्च प्रहरी स्रोतले जनाएको छ।

मितेरी सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धान सीआईबीले गरिरहेको छ। कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ उक्त सहकारीकी प्रबन्ध निर्देशक थिइन् भने बर्दिया घर भएका ज्योति भण्डारीले पनि ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको पाइएको छ।

भण्डारी कम्बोडियामा लुकेको आशंका गरिएको छ भने उनले सहकारीको ऋण फिर्ता नगरेको सहकारीका सञ्चालकहरूले बताएका छन्। सहकारीको १२ करोड ५१ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ।

धनराज गुरुङ र ज्योति गुरुङले २०७६ फागुन २९ गते ललितपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेद गरेका थिए। सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा उजुरी दिएका थिए, जसअनुसार उक्त छानबिन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव