काठमाडौँ | पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा आज प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदालतमा पेस गर्दैछ ।
पहिलो पटक थपिएको ६ दिनको म्याद हिजोसम्म रहेकोमा बयान नसकिएपछि प्रहरीले आज म्याद थपका लागि अदालतमा पेस गर्न लागेको हो।
रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज म्याद थपका लागि अदालतमा उपस्थित गराइँदैछ ।
छविलाललाई गत असोज ६ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएको थियो भने रविलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरि पोखरा ल्याइएको थियो ।
उनीहरुमाथि अनुसन्धानका लागि थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिएको प्रहरी स्रोतले जनाएको छ ।