९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी

८ कार्तिक २०८१, बिहीबार १७:०९

खोटाङ | खोटाङको साकेला गाउँपालिका-४ मात्तिममा वडाध्यक्ष अर्जुनकुमार कटुवाल अमेरिकामा गएको नौ महिनापछि गाउँबासीहरूले वडा कार्यालयमा तालाबन्दी गरेका छन्। वडाध्यक्ष कटुवाल २०८० माघ १७ गतेदेखि वडामा अनुपस्थित रहेका छन्, जसका कारण जनताको दैनिक कामकाजमा ठूलो असर परेको छ।

युनेस्कोका एमाले नेता गोपी खड्काका अनुसार, वडाध्यक्षको अनुपस्थितिका कारण विकास निर्माण र अन्य सेवा सुविधामा अवरोध आइरहेको छ। बुधबार पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बसेको सर्वदलीय भेलाले समस्या समाधान नभएसम्म वडा कार्यालयमा ताला लगाउने निर्णय गरेको हो।

यसअघि वडाध्यक्ष कटुवाललाई १५ दिन भित्र वडामा आएर जनताको काम गर्न अल्टिमेटम दिइएको थियो, तर पुनः कार्यालयमा नफर्केपछि स्थानीय बासिन्दाहरूले तालाबन्दी गर्न बाध्य भएका छन्। पूर्ववडाध्यक्ष भट्टराईले भने, “वडाध्यक्षलाई पटक पटक अल्टिमेटम दिए पनि उनले कार्यालयमा फर्किनु भएन, जसले गर्दा हामीले यो कदम चाल्नुपर्यो।”

वडाध्यक्ष कटुवाल नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। कार्यालयमा तालाबन्दीमा माओवादी पार्टीका नेता कार्यकर्ताहरू समेत संलग्न छन्। नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेर वडाध्यक्षको अनुपस्थितिको विरोध गरेका छन्।

साकेला गाउँपालिका अध्यक्ष रविप्रकास राईले वडाध्यक्ष कटुवाललाई कार्यालयमा हाजिर हुन वा राजीनामा दिनको लागि स्थानीय बासिन्दाहरूको मागको सम्मान गर्नुपर्ने बताए। उहाँले भने, “हामी आन्दोलन पक्षसँग छलफल गरी जनताको दैनिक कामकाज सुचारु गर्ने प्रयास गर्दैछौं।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो