2026-09-21 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्टरपोलको रेड नोटिस जारी भएकी एक युवती कम्बोडियाबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी ठगीलगायत विभिन्न मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक युवती कम्बोडियाबाट पक्राउ परेकी छन्।

सिन्धुपाल्चोकको मान्खा घर भएकी बिनु शाक्यलाई कम्बोडियाको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) नोमपेनको समन्वयमा पक्राउ गरिएको नेपाल प्रहरीको मुख्यालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार, उनलाई आइतबार नेपाल फिर्ता ल्याइएको हो।

उनीमाथि वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएको अभियोग छ। यही प्रकरणमा उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका सुजन आचार्यलाई यसअघि नै कम्बोडियाबाटै झिकाइसकिएको छ।

उनीहरू दुवै जनालाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत इन्टरपोल शाखामा अनुरोध भएपपछि २०८० माघ १९ गते रेड नोटिस जारी भएको थियो। त्यसपछि इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएको थियो।

सुजन र बिनु दुवैजनालाई असोज १ गते कम्बोडियाबाट पक्राउ गरिएको थियो। सुजनलाई कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो।बिनुलाई सम्बन्धित कसुरमा कानुनबमोजिम कारबाही गराउने प्रयोजनका लागि प्रहरी वृत्त, कालिमाटीमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो