९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बिना जानकारी जापान भ्रमणमा गएका कोशीका आन्तरिक मामिलामन्त्रीले बुझाए राजीनामा

२१ कार्तिक २०८१, बुधबार १२:५१

विराटनगर | कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले विवादको बीचमा पदबाट राजीनामा दिएका छन्। बिना अनुमति र बिना जानकारी जापान भ्रमणमा गएको विषयमा विवादित बनेपछि मन्त्री अधिकारीले मुख्य मन्त्री हिक्मत कार्कीलाई राजीनामा पत्र बुझाएका हुन्।

नेपालमा मन्त्रीहरूले विदेश भ्रमण गर्नुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने प्रावधान छ। यसका लागि प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित विदेश भ्रमणको सहमति पत्र परराष्ट्र मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ। तर, मन्त्री अधिकारी भने मन्त्रिपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए। उनी कार्तिक १३ गते जापानको टोकियो महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका थिए।

मन्त्री अधिकारीले भने, “तिहार बिदाका कारण औपचारिक जानकारी गराउन नसकेको थिएँ। मेरो बारेमा टिकाटिप्पणी भएपछि नैतिकताको आधारमा राजीनामा दिएको हुँ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो