२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

ओली नेतृत्वको सरकार कांग्रेस–एमाले मिलेर बनेको होइन : अध्यक्ष दाहाल

२४ कार्तिक २०८१, शनिबार १७:१९

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केपी ओली नेतृत्वको सरकार कांग्रेस–एमाले मिलेर नबनेको बताएका छन् ।

माओवादी केन्द्रको नेतृत्ववाला सरकारले विचौलिया, दलाल र पूँजीपतिको सेटिङ भत्काएपछि आत्तिएकाहरुले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएपछि सरकार परिवर्तन भएको उनको भनाइ छ ।

योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल थाहा नगरपालिकाको दोस्रो नगर अधिवेशनमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले आफूहरुको नेतृत्वको सरकारले भ्रष्टाचारीलाई धमाधम पक्राउ गर्न थाल्दा आत्तिएकाहरुले कुनै एउटा व्यवसायीको घरमा बसेर सरकार ढाल्ने कथा लेखेको बताए ।

आफू अघिल्लो सरकारमा सके राम्रो गर्छु, तर नराम्रो गर्दिनँ र नराम्रो गर्न दिन्न भन्ने संकल्पसहित आएको र सोहीअनुसारको काम गर्दा दलालहरुको सात्तो गएको उनको भनाइ छ ।

आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय मञ्चमा समेत शीर उठाउनेगरी राम्रा काम भएको बताउँदै प्रचण्डले सयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनबारे आफ्नो धारणा सुनेर संघका महासचिव नेपाल आएर नेपालबाट अन्तर्राष्ट्रिय सन्देश दिएको बताए ।

प्रचण्डले कांग्रेस–एमालेले चाहेअनुसार माओवादी आन्दोलन नमर्ने दाबी गरे । ३२ सीट हुँदा त एमाले–कांग्रेसको सात्तो गएको भन्दै उनले अबको निर्वाचनमा माओवादीले बहुमत ल्याउँदा उनीहरुको होस नै उड्ने जिकिर गरे ।

उनले अब चाँडै माओवादीले देशको सबै जिल्ला, स्थानीय तहमा आन्दोलनको आधीबेरी सिर्जना गर्ने बताए । प्रचण्डले आफू अझै ५–७ वर्ष स्वस्थ हुने र नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नगरी विश्राम नलिने बताए ।

‘संसदीय पुराना खेलाडी जालझेल गर्न सिपालु, तर हामीले गरेको कामको बारेमा जनतामाझ लान नसकेको कारण हामी केही पछि परेका हौं कि भन्ने भान भएको छ’, प्रचण्डले भने ।

हालको सरकारले सय दिनमा गरेको भनेर सार्वजनिक गरिएको कार्यक्रम आफ्नो कार्यकालमा भएको कार्यक्रमको फेरिहस्त भएको उनले बताए ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले माओवादी आन्दोलन चिल भएको बताए । चिलले आवश्यक परेको अवस्थामा ह्वात्तै उडान बढाउनसक्ने भन्दै उनले माओवादलाई कमजोर नआक्न चेतावनी दिए ।

अहिलेको सरकार भ्रष्टाचारको चङ्गुलमा फसेको बताउँदै उनले देशलाई भ्रष्टाचारको चङ्गुलबाट मुक्त गर्न माओवादी देशको नेतृत्वमा आएरै छाडनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता