२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी

२०८१, २९ कार्तिक बिहीबार १६:११

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचार गर्ने व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एकद्धार संकट व्यवस्थापन केन्द्र(इऋःऋ)को प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले, पापी भएको कारण फिस्टुला रोग लाग्छ भन्ने अमानविय परम्परागत मान्यता रहेको गुनासो गरे ।

फिस्टुला रोग जस्ता धेरै समस्यालाई अहिलेसम्म कानुनले पनि नदेखेको भन्दै यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी रहेको उनको भनाई छ ।

उनले भने,‘फिस्टुलाको समस्या भएको महिलाहरु हुनुहुन्छ । उहाँहरुको पिसाब कन्ट्रोल हुँदैन् । जन्मने बेला बच्चा लामो समय अड्किएपछि त्यो समस्या हुन्छ । तर परम्परागत मान्यता पापी भएको कारण यस्तो हुन्छ भन्ने रहेछ । घरभन्दा धेरै पर कटेरो बनाएर राखिदो रहेछ । यो भन्दा अमानवियता अरु केही हुन सक्छ ? त्यसैले सातवटा प्रदेशमा नै उपचार निशुल्क हुने व्यवस्थाको लागि पहल गर्दैछौं । यस्ता धेरै समस्या छन् ,जसले कानुनले देखेको पनि छैन् । यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी छ ।’

उनले महिला अधिकारको सन्दर्भमा भारत र अमेरिका लगायतका देशमा भन्दा नेपालको प्रतिनिधिसभामा समावेशीता रहेको बताए । सबै किसिमबाट समावेशीतालाई सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको भएतापनि समावेशीता अनुभूतिमा बद्लिन नसकेको उनको गुनासो छ ।

उनले भने,‘महिला अधिकारको सन्दर्भमा नेपाल यस्तो देश हो जहाँ प्रतिनिधिसभा समावेशी छ । यस्तै समावेशी प्रतिनिधिसभा भारतमा पनि छैन् । अमेरिकामा पनि छैन् ।

सबै किसिमबाट समावेशीतालाई सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको छ । तर यसको बावजुत पनि समावेशीता अनुभूतिमा किन बद्लिन सकेको छैन् । लैङ्गीक हिंसा अन्त्य हुन किन सकेको छैन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने