2026-07-06 03:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसाद बजगाईंविरूद्व मन्त्री पाण्डेले दिए उजुरी

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आफ्नै पार्टीका सांसद राजेन्द्र बजगाईंविरुद्ध शृङ्खलाबद्ध रूपमा कुप्रचार गरेको आरोप लगाउँदै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन्।

पाण्डेले बिहीबार अनुशासन समितिमा र शुक्रबार संसदीय दलमा बुझाएको उजुरीमा बजगाईंले मन्त्री नियुक्त भएदेखि नै विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा निरन्तर कुप्रचार गरेको उल्लेख गरेका छन्।

मन्त्री पाण्डेको आरोप
पाण्डेले बजगाईंले सामाजिक सञ्जालमार्फत आफूलाई भ्रष्टाचारको आरोप लगाएर पार्टीको आन्तरिक अनुशासन र आफ्नो व्यक्तिगत इमानमा आँच पुर्‍याएको दाबी गरेका छन्। उजुरीमा उनले भनेका छन्, “नेपाली कांग्रेसका निर्वाचित सांसदले पार्टीको विचार, सिद्धान्त र आदर्शमा आँच पुर्‍याउँदै मेरो व्यक्तिगत भावना र पार्टीको छवि माथि गम्भीर चोट पुर्‍याएका छन्।”

बजगाईंले पाण्डेमाथि क्यासिनो इजाजत प्रक्रियामा भ्रष्टाचारको आरोप लगाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेपछि यस विषयले चर्चा पाएको थियो। तर मन्त्री पाण्डेले यो आरोपलाई निराधार भन्दै कानुनी प्रक्रिया अपनाउने चेतावनी दिए। त्यसपछि बजगाईंले आफ्नो पोस्ट केही घण्टामै हटाएका थिए।

मन्त्री पाण्डेले उजुरीमा बजगाईंले घुस र रिसवत जस्ता गम्भीर आरोप लगाउँदै आफ्नो चरित्रमा आँच पुर्‍याउने प्रयास गरेको बताएका छन्। उजुरीमा उनले बजगाईंको यस्तो गतिविधि पार्टी अनुशासन, विधिको शासन, र संसदीय मर्यादाविरुद्ध रहेको उल्लेख गरेका छन्।

पाण्डेले बजगाईंका अमर्यादित र अराजक गतिविधिहरूको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न र आवश्यक कानुनी कारबाही गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन्।

सम्बन्धित पोस्ट हटाए पनि बजगाईंले हालसम्म मन्त्री पाण्डेको उजुरीप्रति कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

यस घटनाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र अनुशासन उल्लंघनको विषयलाई पुनः सतहमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै