२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रविलाई ल्याउँदा कास्की प्रहरी कार्यालय बाहिरबाट ७ जना पक्राउ

२०८१, ३० कार्तिक शुक्रबार १६:५२

कास्की | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीमा बयान सकाई कास्की जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा नाराबाजी गर्न लागेको ७ जना रास्वपा कार्यकर्तालाई पक्राउ गरिएको छ।

कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माका अनुसार, निषेधित क्षेत्रमा नाराबाजी गर्न लागेका उनीहरुलाई प्रशासनले पक्राउ गरेको हो। प्रशासनले प्रहरी कार्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

रवि लामिछानेलाई शुक्रवार बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिने उद्देश्यले कास्की ल्याइएको थियो। मंगलबार कास्कीबाट जहाजमार्फत भैरहवा पुर्‍याइएका लामिछानेलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको थियो, र उनलाई सुप्रिम सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोपमा बयानका लागि ल्याइएको हो।

लामिछानेलाई २३ घन्टा बयान लिएर पोखरा ल्याइएको छ। अनुसन्धानका क्रममा, सुप्रिम सहकारीबाट लामिछानेले २ करोड र जीबी राईका सम्बद्ध व्यक्तिहरूद्वारा १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा पठाइएको तथ्य पाइएको छ। पोखराको सूर्यदर्शन सहकारीमा रविको नाममा १ करोड रुपैयाँ गएको र पछि गोर्खा मिडियाकै नाममा मिलान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। सूर्यदर्शनबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँको रकम गएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित