२४ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रविलाई ल्याउँदा कास्की प्रहरी कार्यालय बाहिरबाट ७ जना पक्राउ

३० कार्तिक २०८१, शुक्रबार १६:५२

कास्की | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीमा बयान सकाई कास्की जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा नाराबाजी गर्न लागेको ७ जना रास्वपा कार्यकर्तालाई पक्राउ गरिएको छ।

कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माका अनुसार, निषेधित क्षेत्रमा नाराबाजी गर्न लागेका उनीहरुलाई प्रशासनले पक्राउ गरेको हो। प्रशासनले प्रहरी कार्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

रवि लामिछानेलाई शुक्रवार बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिने उद्देश्यले कास्की ल्याइएको थियो। मंगलबार कास्कीबाट जहाजमार्फत भैरहवा पुर्‍याइएका लामिछानेलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको थियो, र उनलाई सुप्रिम सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोपमा बयानका लागि ल्याइएको हो।

लामिछानेलाई २३ घन्टा बयान लिएर पोखरा ल्याइएको छ। अनुसन्धानका क्रममा, सुप्रिम सहकारीबाट लामिछानेले २ करोड र जीबी राईका सम्बद्ध व्यक्तिहरूद्वारा १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा पठाइएको तथ्य पाइएको छ। पोखराको सूर्यदर्शन सहकारीमा रविको नाममा १ करोड रुपैयाँ गएको र पछि गोर्खा मिडियाकै नाममा मिलान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। सूर्यदर्शनबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँको रकम गएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकार रजकका परिवारलाई भेटेर देउवाले दोषीलाई सरकारले छाड्दैन भने नेपाली सेनाले चैत २८ गतेदेखि ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ शुरु गर्दै १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ देशका विभिन्न स्थानबाट लागूऔषध सहित २० जना पक्राउ चैत्र १५ गतेको घटनाका दोषीलाई सरकारले कारबाही गर्नुपर्छ : माधव नेपाल कुलमानको पुनर्बहालीको माग गर्दै माइतीघरमा प्रदर्शन भक्तपुरमा बन्दै छ बिस्केट जात्राका लागि रथ शिक्षक पछि चिकित्सक पनि उत्रिए सडकमा काँग्रेसको कार्यक्रममा भारतीय पाहुना शिक्षकहरुको शान्तिपूर्ण आन्दोलन जारी सात समूहलाई सगरमाथा आरोहणको अनुमति सानिमा बैंकले ग्राहकहरूले भारतको एपोलो अस्पतालमा विशेष छुट पाउने नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल भोलिदेखि गर्ने देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः रामचन्द्र पौडेल यु–१९ पुरुष विश्वकप एसिया छनोट : नेपालले टस हार्यो रामनवमी पर्वका अवसरमा आज देशभरका राम मन्दिरमा भक्तजनको भीड आइतबार सुन तोलामा १ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ? नारायणगढ–बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री