असार १६, रुकुम । सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल गौतम निर्वाचित भएकी छिन् ।

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका एमालेका नन्दलाल शर्मालाई ८ सय २५ मतले पछि पार्दै बराल अध्यक्षमा विजयी बनेकी हुन् । बरालको पक्षमा ३ हजार २ सय ९६ मत आएको छ भने शर्माले २ हजार ४ सय ७१ मत ल्याएका छन् ।

सो गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी बनेका छन् । माओवादी केन्द्रका गोवर्धन बुढाले कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका लक्षिराम घर्तीलाई १ हजार ६६ मतले पराजित गरेका हुन् । बुढाले ३ हजार ३ सय २३ मत ल्याएका छन् भने घर्तीको पक्षमा २ हजार २ सय ५७ मत आएको छ ।