२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान प्रकरण: एमालेका सांसद अधिकारीसहित ९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

२०८१, ४ मंसिर मंगलवार १७:१५

काठमाडौँ | मानव बेचबिखन तथा ओसार पसारको कसुरमा पक्राउ परेका एमाले कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले ९ जना प्रतिवादीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए।

यसअघि कात्तिक २७ गते अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए। उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो।

नेपालको अध्यागमन विभागले उनीहरूमाथि अनुसन्धान गर्न भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो। त्यसपछि थप तीन जना, महेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवारलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो। त्यसपछि मन्त्री रहेका अधिकारीले पत्रकार सम्मेलन गरी पदबाट राजीनामा गरेका थिए।

परिसरले सुरूमा यसको अनुसन्धान कीर्ते कसुरमा अघि बढाएको थियो। तर पूर्वमन्त्री एवं कोशी प्रदेश सांसद समेत रहेका अधिकारी पक्राउ परेसँगै मानव बेचबिखन तथा ओसारपसार कसुरमा पनि अनुसन्धान अघि बढाएको हो।

प्रहरीले कात्तिक २७ गते गुडी राई र नवीन राईलाई पक्राउ गरेको थियो। उनीहरूले नक्कली परिचय पत्र बनाउन सहयोग गरेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी