पढ्न करिब 1 मिनेट लाग्छ

असार १७, रुकुम ।  रुकुममा माओबादी केन्द्रले निकालेको बिजय र्यालीमा कांग्रेसका कार्यकर्ताले ढुङ्गामुढा गरेका छन् ।

भूमे गाउँपालिका ५, का नवनिर्वाचित वडाध्यक्ष टेकप्रसाद बुढासहित अन्य सदस्य र समर्थकमाथि कांग्रेस कार्यकर्ताले शुक्रबार राति ढुङ्गामुढा गरेका हुन् । शुक्रबार नै सीमामा मतगणना सकिएपछि विजय र्यालीसहित गाउँ पुगेका जनप्रतिनिधिमाथि एक्कासी ढुङ्गामुढा भएपछि भागभाग भएको थियो ।

सेरावाङ पुगेपछि मतदातालाई धन्यवाद दिएर जनप्रतिनिधिसहितको र्याली वडाध्यक्षको घरतर्फ अघि बढेपछि माथिबाट ढुङ्गामुढा गरेको अध्यक्ष टेकप्रसाद बुढाले बताए । नवनिर्वाचित टेकप्रसादको घरमा पनि कांग्रेस कार्यकर्ताले ढुङ्गामुढा गरेको बताइएको छ । विजय र्यालीलाई स्वागत गर्न बनाइएको स्वागतद्वार पनि उनीहरुले भत्काईदिएका छन् ।

जनप्रतिनिधिमाथि ढुङ्गामुढा भएपछि शुक्रबार राति नै इलाका प्रहरी कार्यालय रुकुमकोटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । विजय जुलुस गर्ने र विपक्षीबीचमा विवाद भएपछि केहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।