२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

एनआरएन

जापानको टोकियोमा नेपाल फेस्टिवल (फोटो फिचर)

१५ मंसिर २०८१, शनिबार २१:३२

टोकियो । जापानको राजधानी टोकियोमा १४ औँ नेपाल फेस्टिवलको सनिबार उद्घाटन कार्यक्रम सहित बिबिध कार्यक्रम सम्पन्न गरिएको छ । नाकानोमा पार्कमा शनिबार सुरु भएको नेपाल फेस्टिवल भोली आइतबार समापन हुनेछ ।

‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिवल आयोजना भएको हो । जापानमा ‘नेपाली हाउस’ निर्माणका लागि सहयोग जुटाउन फेस्टिवलको आयोजना गरिएको एनआरएनए जापानले जनाएको छ ।

जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहुसांस्कृतिक केन्द्रको निर्माण समेत यस फेस्टिवलको उद्देश्य रहेको आयोजक गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेले बताए ।

यस पटक नेपाल फेस्टिवल २०२४ एनआरएनए जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गरिएको हो ।

आयोजक नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामाले नेपाल फेस्टिवल सभ्य र भब्य बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ब्यक्त गरे ।

नेपाल फेस्टिवल सञ्चालन हुने स्थलमा दर्जनौ नेपाली व्यावसायीहरुले बिभिन्न स्टलहरु, खानाका स्टलहरु, रेमिट्यान्स पर्वर्धनको लागि बिभिन्न स्किम सहितको स्टलहरु राखिएका थिए ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा डकुमेन्ट्री र फोटो प्रदर्शन पनि गरिएको थियो ।

एनआरएन जापानले सन २०१२ देखि जापानमा नेपाल फेस्टिवलको आयोजना गर्दै आएको १४ औँ नेपाल फेस्टिवल २०२४ का सदस्य सचिव तथा एनआरएनए जापानका महासचिव टिकाराम खरेलले बताए ।

उनले नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउन यो फेस्टिवल एक माध्यमको रुपमा हुने बताए ।

यस पटकको नेपाल फेस्टिवलको अनुमानित खर्च १ करोड ४० लाख येन लागत लाग्ने एनआरएनए जापानले जनाएको छ । जारी फेस्टिवलमा जापानका अधिकारीहरु, नेपालबाट आएका संघीय तथा प्रदेश सांसदहरु, जापानका लागि नेपाली राजदूत, एनआरएनए अभियान्ताहरु, पत्रकारहरु, संघ-संस्थाका पदाधिकारीहरु र स्थानीय  नेपालीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

नेपाल र नेपाली पहिचानलाई जापानमा उजागर गर्ने महोत्सवका रूपमा विगत डेढ दशकदेखि हुँदै आएको नेपाल फेस्टिवल औपचारिक रूपमा सुरु भएको हो ।

भव्य कार्यक्रमकाबीच भएको उद्घाटन समारोहअघि नेपालका विविध जातजातिको परम्परागत झाँकी प्रदर्शन गरिएको थियो । विशेष गरी नेपालको कला र संस्कृतिलाई जापानमा प्रवर्द्धन गरी जापानमा जन्मिएर जापानमा नै बसोबास गर्दै आएका नेपालीहरूलाई नेपाली संस्कृतिको बारेमा जानकारी दिनुका साथै जापानी नागरिकलाई नेपाली संस्कृतिका बारेमा जानकारी गराइ नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ फेस्टिवल आयोजना गरिएको बताइएको छ । फेस्टिवलमा नेपाली परिकार, हस्तकलाका सामानहरू, रेमिटेन्स र पर्यटनसम्बन्धी जानकारीमूलक स्टलहरूको पनि प्रदर्शन गरिंएको थियोे । नेपाल फेस्टिवलले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउँदै नेपाली समुदायको एकता र पहिचानलाई उजागर गर्न सघाउ पुर्‍याउने विश्वास लिइएको छ ।

तस्वीर: अनिल अधिकारी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायीहरुको अन्तिम चुनावी सभा सम्पन्न, कसको पल्ला भारी ? आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला कोशी पर्यटन वर्षको उद्घाटन गर्न गएनन् प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक पक्राउ साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्,