काठमाडौँ | रुकुम पूर्वको पुथा उत्तरगंगाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार नरपुर बुढाले अग्रता कायम गरेकी छन् । आइतबार भएको उपनिर्वाचनको जारी मतगणनामा उनले एक हजार ७६ मत प्राप्त गरेकी छन् ।
उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसका उमेदवार केशकुमारी तुलाचनले ७०० मत ल्याएकी छन् । तुलाचन नेकपा (एमाले) रुकुम पूर्वको उपसचिव हुन् । उनी कांग्रेसको चुनाव चिह्नबाट प्रतिस्पर्धामा छिन् ।