२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविसहित तीन जनालाई पक्राउ गर्न पर्सा प्रहरीले पनि माग्यो अनुमति

२०८१, १७ मंसिर सोमबार १२:४४

काठमाडौँ | रकम अपचलनको मुद्दामा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित तीन जनालाई पक्राउ गर्न पर्सा प्रहरीले अदालतसँग अनुमति माग गरेको छ।

वीरगञ्ज महानगरपालिका-६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट अवैध रूपमा ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा प्रवाह गरिएको थियो।

उक्त सहकारीका अध्यक्ष जीवी राई हुन्। पर्सा प्रहरीले गोर्खा मिडियाका प्रवन्ध निर्देशकको हैसियतमा लामिछाने, सहकारी अध्यक्ष राई, र पूर्वडीआईजी छविलाल बन्जाडे जोशीविरुद्ध पक्राउ अनुमति माग गरी अनुसन्धान प्रक्रिया अघि बढाएको पर्साका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन्।

सहकारी ठगीमा उक्त गिरोहमाथि अनुसन्धान गर्ने पर्सा पाचौं जिल्ला हो । यसअघि उनीहरूमाथि कास्की, रुपन्देही, काठमाडौं र चितवनका विभिन्न सहकारी ठगीमा अनुसन्धान चलिरहेको छ ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले सानो पाइला सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आईएमई बैंकको खातामा रकम प्रवाह भएको देखाएको थियो। २०७८ वैशाखदेखि साउनसम्मको बैंकिङ कारोबार विवरणले अपचलन प्रमाणित गरेको एसपी ढुंगेलले बताए।

सहकारी पीडितहरूको जाहेरीका आधारमा अनुसन्धान गर्दा संस्थाकी उपाध्यक्ष तथा पूर्व मिस नेपाल प्रतियोगिताकी प्रतिस्पर्धी नेहा पौडेल आफैं प्रहरीमा उपस्थित भएकी थिइन्। सहकारीका कर्मचारी राधेचन्द्र यादव भने पक्राउ परेका थिए।

जिल्ला अदालतले पौडेललाई गत साउन २१ गते १ करोड १० लाख धरौटीमा रिहा गरेको थियो भने यादव ३५ लाख धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन