८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविसहित तीन जनालाई पक्राउ गर्न पर्सा प्रहरीले पनि माग्यो अनुमति

१७ मंसिर २०८१, सोमबार १२:४४

काठमाडौँ | रकम अपचलनको मुद्दामा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित तीन जनालाई पक्राउ गर्न पर्सा प्रहरीले अदालतसँग अनुमति माग गरेको छ।

वीरगञ्ज महानगरपालिका-६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट अवैध रूपमा ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा प्रवाह गरिएको थियो।

उक्त सहकारीका अध्यक्ष जीवी राई हुन्। पर्सा प्रहरीले गोर्खा मिडियाका प्रवन्ध निर्देशकको हैसियतमा लामिछाने, सहकारी अध्यक्ष राई, र पूर्वडीआईजी छविलाल बन्जाडे जोशीविरुद्ध पक्राउ अनुमति माग गरी अनुसन्धान प्रक्रिया अघि बढाएको पर्साका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन्।

सहकारी ठगीमा उक्त गिरोहमाथि अनुसन्धान गर्ने पर्सा पाचौं जिल्ला हो । यसअघि उनीहरूमाथि कास्की, रुपन्देही, काठमाडौं र चितवनका विभिन्न सहकारी ठगीमा अनुसन्धान चलिरहेको छ ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले सानो पाइला सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आईएमई बैंकको खातामा रकम प्रवाह भएको देखाएको थियो। २०७८ वैशाखदेखि साउनसम्मको बैंकिङ कारोबार विवरणले अपचलन प्रमाणित गरेको एसपी ढुंगेलले बताए।

सहकारी पीडितहरूको जाहेरीका आधारमा अनुसन्धान गर्दा संस्थाकी उपाध्यक्ष तथा पूर्व मिस नेपाल प्रतियोगिताकी प्रतिस्पर्धी नेहा पौडेल आफैं प्रहरीमा उपस्थित भएकी थिइन्। सहकारीका कर्मचारी राधेचन्द्र यादव भने पक्राउ परेका थिए।

जिल्ला अदालतले पौडेललाई गत साउन २१ गते १ करोड १० लाख धरौटीमा रिहा गरेको थियो भने यादव ३५ लाख धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता