2026-09-28 11:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेह्रथुमका पाँच स्थानमा एमाले, एकमा कांग्रेस विजयी

असार १९, तेह्रथुम । तेह्रथुमका छ वटा स्थानीय तह मध्ये पाँच वटामा नेकपा एमाले र एक वटामा नेपाली कांग्रेस विजयी भएका छन् । 

नेकपा एमालेले म्याङलुङ्ग नगरपालिका, आठराई, फेदाप र छथर गाउँपालिकामा प्यानलै जितेको छ भने मेन्छ्यायेम गाउँपालिकामा प्रमुख पदमा जितेको छ । नेपाली कांग्रेसले लालीगुराँस नगरपालिकामा मेयर, उपमेयर र मेन्छ्यायेम गाउँपालिकामा उपाध्यक्षसहित गाउँ सभामा बहुमत प्राप्त गरेको छ । 

म्याङलुङ नगरपालिकाको मेयर पदमा नेकपा एमालेका सन्जयकुमार तुम्बाहाम्फे विजयी भएका छन् । उनले ३ हजार ८ सय ९० मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार रणविक्रम लिम्बुले ३ हजार ५ सय ६८ मत प्राप्त गरेका थिए । 

यस्तै उपमेयरमा नेकपा एमालेकी पार्वता सानु डाँगी ३ हजार ५ सय ६८ मतसहित विजयी भएकी छिन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी उमादेवी कार्कीले ३ हजार २ सय ४२ मत पाइन् । यस्तै वडा नं. १, ३, ४, ५ र ९ मा नेपाली कांग्रेसले जितेको छ भने वडा नं. २, ६, ७ र १० मा नेकपा एमालेले प्यानलै जितेको छ । 

लालीगुराँस नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका अर्जुन माबोहाङ ३ हजार ८ सय ५१ मत सहित विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी एमाले उम्मेदवार कमलबहादुर खड्काले २ हजार  ८ सय २६ मत प्राप्त गरेका थिए । उपमेयरमा पनि नेपाली कांग्रेसकी तिला पोखरेल विजयी भएकी छिन् । 

उनले ३ हजार २ सय मत प्राप्त गरिन् । निकटतम प्रतिद्धन्द्धी एमालेकी जमुना कार्की मगरले ३ हजार ७७ मत प्राप्त गरेकी थिइन् । यस्तै वडा नं. १, ४ र ८ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ भने बाँकी वडा नं. २, ३, ५, ६ र ९ मा नेपाली कांग्रेसले प्यानलै जितेको छ ।

आठराई गाउँपालिकामा नेकपा एमालेका मानबहादुर लिम्बु १ सय ३ को मतान्तरले विजयी भएका छन् । लिम्बुले ३ हजार ८ सय ४७ मत पाए । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनको तर्फबाट कांग्रेसका नारायणकुमार ईङनामले ३ हजार ७ सय ४४ मत प्राप्त गरे । 

उपाध्यक्ष पदमा नेकपा एमालेकी रुपादेवी कन्दङवा ९ सय ९२ मतको भारी मतान्तरले विजयी भएकी छिन् । उनले ३ हजार ९ सय ६३ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी रमिला खनालले २ हजार ९ सय ७१ मत प्राप्त गरेकी हुन् । सात वडा मध्ये एमालेले वडा नं. १, ३, ४, ५ र ७ मा प्यानलै जितेको छ । नेपाली कांग्रेसले वडा नं. २ र माओवादी केन्द्रले वडा नं. ६ मा विजयी भएको छ । 

फेदाप गाउँपालिकामा नेकपा एमालेका हरिप्रसाद चोङवाङ विजयी भएका छन् । उनले ३ हजार ४ सय ३९ मत पाए भने निकटतम प्रतिद्धन्द्धी कांग्रेसका केशवप्रसाद भेटुवालले ३ हजार २ सय २० मत प्राप्त गरे । उपाध्यक्ष पदमा पनि नेकपा एमालेकी गीतादेवी थापा विजयी भएकी छिन् । उनले ३ हजार ४ सय ३४ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका गंगाप्रसाद लिम्बुले १ हजार ७ सय १ मत पाए । पाँच वडामध्ये नेकपा एमालेले वडा नं. १, ३ र ४ मा जितेको छ । कांग्रेसले वडा नं. २ र ५ मा जितेको छ । 

यस्तै छथर गाउँपालिकामा नेकपा एमालेका युवा नेता सन्तोष तिगेला (सन्तवीर) ८७४ को भारी मतान्तरसहित छथर गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका टेकराज तिगेलाले २५५२ मत प्राप्त गरे । एमालेमा लामो समयदेखि क्रियाशील युवा नेता तिगेला ३१ वर्षको उमेरमै गाउँपालिकाको अध्यक्ष पदमा विजयी बनेका हुन् । 

यस्तै उपाध्यक्ष पदमा पनि नेकपा एमालेकी तारादेवी ढकाल विजयी भएका छन् । ढकालले ३३६८ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी हिमादेवी पौडेलले २४८७ मत प्राप्त गरेकीछिन् । छथर गाउँपालिका नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालको जन्मथलो हो । गाउँपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका बागी उम्मेदवारहरुको प्यानलै विजयी भएको छ । वडा नं २, ४, ५ र ६ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ भने नेपाली कांग्रेसले वडा नं. ३ मा प्यानलै विजयी भएको छ । 

यस्तै जिल्लाको सबैभन्दा सानो मेन्छ्यायेम गाउँपालिकामा पनि नेकपा एमालेका यादवबहादुर खापुङ अध्यक्षमा निर्वाचित भएका छन् । खापुङले १६८३ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका देउबहादुर लिम्बुले १४९६ मत प्राप्त गरेका थिए । उपाध्यक्ष पदमा भने नेपाली कांग्रेसकी गीतादेवी तिम्सीना विजयी भएकी छिन् । 

उनले १४८६ मत प्राप्त गर्दा नेकपा एमालेकी उपाध्यक्ष उम्मेदवार दिलकुमारी शंकरले १४२० मत प्राप्त गरेकी थिइन् । मेन्छ्यायेम गाउँपालिकाका वडा नं. १, २, ३ र ४ मा नेपाली कांग्रेस र बाँकी ५ र ६ मा नेकपा एमालेले जितेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह