२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवनिर्वाचित वडाध्यक्ष पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ, बलात्कारसहित तीन वटा कसुरमा अनुसन्धान हुने

२१ मंसिर २०८१, शुक्रबार १७:१०

काठमाडौँ |  बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका थिए ।

एक स्थानीय युवतीको बलात्कारपछि हत्या र अर्का एक व्यक्तिको अपहरणपछि हत्या गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीवार वडाध्यक्षको शपथ लिइरहेका बेला साहलाई नियन्त्रणमा लिइएको हो ।

गत मंसिर १६ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार साह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए ।

वडाध्यक्ष साहसहितका व्यक्तिले डाक्नेश्वरी नगरपालिका १ माधोपुरमा २०७८ चैत २२ गते एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरेको आरोप छ। सुरुमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाकमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए।

साहसहितका ओरोपीविरुद्ध जबरजस्तीकरणी र कर्तव्य ज्यान शीर्षकमा २०७९ साउन १७ गते हुलाकबाट उजुरी प्राप्त भएपछि अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ।यस्तै २०८० जेठ १० गते जिल्ला सरकारी वकील कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा व्यक्ति वेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीरबन्धक र कर्तव्य ज्यान मुद्दामा पनि जाहेरी दरखास्त पठाइएको थियो।  साहले उच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट हाले । उच्च अदालत जनकपुरले २०८० चैत ४ गते परमादेश जारी गर्दै ईप्रका कल्याणपुरलाई अनुसन्धान गर्न भन्यो । ईप्रकामा परमादेशको पत्र गत साउन ६ गते मात्रै पुग्यो । साउन १४ गते साहलगायतविरुद्ध मुद्दा नै दर्ता भयो ।

एसपी खतिवडाका अनुसार साह आफ्ना कर्तुतका बारेमा जान्दाजान्दै चुनावमा उठेको बताए । ‘म पनि एक महिनाअघि मात्रै सप्तरी हाजिर भएको हुँ । साहविरुद्ध पक्राउ पुर्जी जारी भएको मलाई रिपोर्टिङ थियो । थाहा पाएपछि तुरुन्तै पक्राउ गर्न लगाएँ,’ खतिवडाले भने, ‘साहलाई जिल्लामै ल्याएर अनुसन्धान गर्ने तयारीमा छौं ।’

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहमाथि बलात्कारसहित तीनवटा कसुरमा अनुसन्धान हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो छतबाट खसेर किशोरीको मृत्यु