३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

वीरगञ्जमा रवि लामिछानेको स्वास्थ्य परीक्षण

२४ मंसिर २०८१, सोमबार १८:०४

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको वीरगञ्जमा स्वास्थ्य परीक्षण गरिएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि वीरगञ्ज पुर्याईएका बेला पूर्व गृहमन्त्री लामिछानेको स्वास्थ्य परीक्षण गरिएको हो । जिल्ला प्रहरी कार्यालय, पर्सामा उनको स्वास्थ्य परीक्षण गरिएको हो ।

पर्सा प्रहरीले दिएको जानकारी अनुसार नारायणी अस्पतालबाट आएको स्वास्थ्य टोलीले लामिछानेको स्वास्थ्य परीक्षण गरेको हो । स्वास्थ्य परीक्षणको क्रममा लामिछानेको ब्लड प्रेसर १६०/११० रहेको बताइएको छ ।

यसैबीच, प्रहरीले आजै लामिछानेको वयान लिने तयारी गरेको बताइन्छ । कास्की प्रहरीको हिरासतबाट प्रहरीले काठमाडौं विमानस्थल ट्रान्जिट बनाएर सोमवार पर्सा लगिएका रविको वयान आज राति तथा भोलि बिहान लिने तयारी गरिएको हो ।

लामिछानेको लिखित तथा मौखिक वयान गराएर मंगलवार दिउँसो पर्साबाट पोखरा पठाइने जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी तथा प्रवक्ता शिखर लम्सालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने