काठमाडौँ | बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा शिवाकोटी पक्राउ परेका छन् ।
पूर्वमेयरको घरमा काम गर्ने किशोरीले बलात्कार गरेको आरोपमा कांकरभिट्टटास्थित एक संस्थामा जानकारी गराए लगत्तै उनी विरुद्ध जाहेरी परेको हो ।
जबरजस्ती करणी अभियोगमा जाहेरी परेको प्रहरीले जनाएको छ । पूर्वमेयर शिवाकोटीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर राखेको जनाइएको छ ।
उनलाई सोधपुछ भइरहेको प्रहरीले जनाएको । शिवाकोटीले आफ्नै घरमा काम गर्ने किशोरीमाथि पटक पटक करणी गरेको आरोप लगाइएको छ ।
स्थानीय एक विद्यालयमा ११ कक्षामा अध्ययनरत रहेकी उनलाई शिवाकोटीले पटक पटक करणी गरेको बताइएको छ ।