८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लेखा समिति संयोजक ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध पक्राउ पूर्जी जारी

२ पुष २०८१, मंगलवार १३:२६

काठमाडौँ | प्रतिनिधि सभाको लेखा समिति संयोजक ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध मोरङको उमागौरी सहकारीमा रकम अपचलनको आरोपमा जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ।

सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको अभियोग दायर भएको थियो। अदालतले कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने अदालती पक्राउ पुर्जी जारी गरेको हो। अभियोग पत्रमा ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय माग गरिएको छ।

उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा कोइरालासहितका व्यक्तिहरूले सदस्यहरूको कागजात प्रयोग गरी बैंकबाट ऋण लिएका तर सो रकम सहकारीमा दाखिला नगरी व्यक्तिगत रूपमा प्रयोग गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

सहकारीका पूर्व उपाध्यक्ष रङ्गेली नगरपालिका–२ का वडाध्यक्ष संतलाल खवास लगायत केही प्रतिवादी फरार रहेका छन्। कोइराला भने २०७८ सालमा सहकारीबाट राजीनामा दिएपनि उनीमाथि ऋण नतिरेको आरोप छ।

मंसिर २८ गते, सहकारीका सञ्चालक रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। फरार प्रतिवादीको खोजीका लागि इलाका प्रहरी कार्यालय रङ्गेलीलाई पत्र पठाइएको छ।

सहकारीले महिलाहरूका लागि उद्यमशील कर्जाका नाममा रकम उठाएर अनियमितता गरेपछि करिब डेढ वर्षदेखि कार्यालय बन्द छ। पीडित २० जनाले उजुरी दिएका छन्।

ऋण नतिरेका कारण अञ्जला कोइरालालाई आरएसडिसी लघुवित्तले कालोसूचीमा राखेको थियो। कालोसूची हटाउन उच्च अदालत विराटनगरमा दायर मुद्दा हाल विचाराधीन छ।

अदालतले प्रतिवादीहरूबाट २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ बिगो असुल गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता