२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनराज र उनकी श्रीमतीबीच सहकारी डिभोर्स भएको हो, श्रीमतीले १४ करोड ८१ लाख अपचलन गरेको देखिन्छ: सूर्य थापा

२ पुष २०८१, मंगलवार १७:४२

काठमाडौँ | सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले कांग्रेसका उपसभापति धनराज गुरुङ र उनीकी श्रीमतीबीच सहकारी डिभोर्स भएको टिप्पणी गरेका छन्।

रिपोर्टर्स क्लबमा आयोजित साक्षत्कार कार्यक्रममा सम्बोधन गर्दै सहकारी ठगहरुलाई आकाशमाथि, जमिनमुनि जहाँसुकै भएपनि कानूनको दायरामा ल्याउने बताएका हुन्।

उनले भने, ‘धनराज गुरुङको विषयमा हाम्रो अन्तिम समयतिर जानकारीमा आयो। त्यसपछि म स्थलगत निरिक्षणमा गएको, त्यसको अध्यक्षलाई ल्याएर सोछपुछ गरेको र उहाँको श्रीमती अमेरिकामा छन् ल्याएर अनुसन्धानको दायरमा ल्याउनुपर्छ। यो सहकारी सम्बन्धबिच्छेद भएको देखिन्छ। सहकारीमा ठगीको घटना सार्वजनिक भएपछि डिभोर्स भएको देखिन्छ। त्यसैले धनराजमाथि पनि अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्न निर्देशन दिएका छौं। उहाँले सिधैं होइन। १४ करोड ८१ लाख उहाँको श्रीमतीले अपचलन गरेको, त्यो रकम बाहिर लगेको, त्यसबारेमा धनराजमाथि पनि सिआइबीले अनुसन्धान थालेको छ। कानून बमोजिम कारवाही गर्ला। उहाँले अनुसन्धानको दायरबाट बाहिर हुनुहुन्न।’

उनले ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको नाममा समेत रेडकर्नर नोटिस जारी भइसकेको बताए। आफू नेतृत्वको छानविन समितिको प्रतिवेदन व्यक्तिकेन्द्रित मात्रै नभएको दाबी गरे।

सहकारी ठगी अभियोगमा फरार जिबी राईको राहदानी रोक्का भइसकेको भन्दै सरकार नेपाल ल्याउने प्रक्रियामा लागिरहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव