८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

सर्वोच्चले भन्यो: दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनु

३ पुष २०८१, बुधबार १४:०५

काठमाडौँ | सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाउ र बन्दीसहित उपस्थित हुने आदेश जारी गरेको हो । प्रसाईका छोरा निराजनले बाबुलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै मंगलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।

पछिल्लो पटक जिल्ला अदालतले साइवर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन सर्वोच्च पुगेका हुन् । साइबर अपराधको मुद्दामा ४० हजार धरौटी तिरेर रिहा भएका प्रसाई व्यापारीलाई धम्क्याएको भन्दै पक्राउ परेका थिए ।

यसअघि साइबर अपराधको मुद्दामा थुनामा पर्दा पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । उक्त निवेदनमा सुरुमा २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउने आदेश भएको थियो भने पछि खारेज गर्ने फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता