८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीम रावल लगायतलाई कारबाही गर्नुअघि ओलीले सचिवालय बैठकमा के भने ?

११ पुष २०८१, बिहीबार १४:२९

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अनुशासनविरुद्ध काम गर्ने जोसुकैमाथि कारबाही हुने चेतावनी दिएका छन् ।

एमालेको बुधबार बसेको सचिवालय बैठकमा ओलीले पार्टीको विधि, नीति र नेतृत्वलाई नमान्ने जोसुकै कारबाहीको भागीदार बन्नुपर्ने चेतावनी दिएका हुन् ।

बुधबारको बैठकले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै पूर्व उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ भने स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।

‘पार्टीमा अनुशासन एकदमै महत्त्वपूर्ण हुन्छ । नीति, नेतृत्व र अनुशासन तोडेपछि भीम रावललाई कारबाही गरिएको हो,’ ओलीको भनाइ उदृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘पार्टीमा सबैले विधि मान्नुपर्छ । जसले पार्टीको नेतृत्व र विधि मान्दैन त्यो कारबाहीको भागीदार बन्छ । नेतृत्व नमान्नेको हकमा उदार बनेर काम छैन ।’

ओलीले सरकारको विषयमा कांग्रेससँग कुनै समस्या नरहेको समेत बैठकमा ब्रिफिङ गरेका ती सदस्यले बताए । ‘प्रधानमन्त्रीले खुलेरै सरकारको विषयमा कुरा राख्नुभएन । तर, सरकारका विषयमा कुनै समस्या नरहेको बताउनुभयो,’ सचिवालयका ती सदस्यले भने ।

उनका अनुसार परराष्ट्र मन्त्री आरजु राणा देउवाको भारत भ्रमणका विषयमा पनि बढी हल्ला मात्रै भएको ओलीले बैठकमा टिप्पणी गरे ।

‘आरजु बोलेकी छैनन् । तर, अरुले भारत हेर्न गए जसरी कुरा गरेका छन् । टेलिस्कोपबाट हेरेको जस्तो गरेका छन्,’ ओलीले बैठकमा भनेका थिए, ‘भारतले दिनुपर्ने बेलामा भाउ दिएकै छ । तर, अहिले (परराष्ट्र मन्त्रीको भारत भ्रमणबारे) बढी हल्ला मात्रै भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ