काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ ।
बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।
समसामयिक राजनीतिका विषयमा छलफल गर्न रास्वपाले सचिवालय बैठक बोलाएको पार्टी प्रवक्ता मनिष झाले बताए ।
यस्तै बैठकमा केन्द्रीय विभागमा मनोनयन र आगामी केन्द्रीय समिति बैठकको तयारीबारे छलफल हुनेछ