प्रकाश धौलाकोटी/असार २७, तेह्रथुम । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुले साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली दर्ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/असार २७, तेह्रथुम । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुले साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली दर्ता"/>

2026-09-28 11:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

छुटेकालाई मतदाता नामावली दर्ता गर्न निर्वाचन कार्यालयको आग्रह

प्रकाश धौलाकोटी/असार २७, तेह्रथुम । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुले साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सक्ने बताएको छ । 

कार्यालयले आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि नामावली छुटेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउन सूचित गरिएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो । 

सार्वजनिक सूचना जारी गर्दै मतदाता नामावलीमा नाम छुटेकाले दर्ता, नाम तथा ठेगानामा कुनै त्रुटी भएको भए त्रुटी सच्याउने, नाम हटाउने वा सार्ने, आदिका लागि समेत सोही १५ दिनको अवधिमा निवेदन गर्न आग्रह गरेको उहाँले बताउनुभयो । मतदाता नामावली दर्ता गर्न जिल्लामा स्थायी बसोबास भएको व्यक्तिले आफ्नो सक्कल नागरिकता सहित व्यक्ति स्वयम् उपस्थित हुनुपर्नेछ । 

यसअघि नामावली दर्ता गराएकाहरुले भने फेरि नाम दर्ता गर्नुपदैनँ । १५ गतेसम्म दर्ता गरेपछि १६ देखि २० गतेसम्म दाबी विरोध समेत गर्न सकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह