८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा संसदीय दलको नेतामा को ?

१२ पुष २०८१, शुक्रबार १६:१२

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएसँगै उनी पार्टी सभापति र संसदीय दलका नेताबाट निलम्बित भए।

यसपछि रास्वपाले कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याल चयन गरिसकेको छ। तर, संसदीय दलको नेता भने चयन गरिसकेको छैन। यसबारे शुक्रबारको सचिवालय बैठकमा छलफल हुने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘यसबारे आजको बैठकले मोटीमोटी रूपमा छलफल हुन्छ। तर, एजेन्डामा चाहिँ छैन,’ प्रमुख सचेतक परियारले भने।

रास्वपामा संसदीय दलका लागि मुख्यगरी चार जनाले दाबी प्रस्तुत गरेका छन्। दाबी प्रस्तुत गर्नेहरूमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका पूर्वउपनेता विराजभक्त श्रेष्ठ र पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ छन्। त्यसमा पनि स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठमध्ये एकजना संसदीय दलका नेता बन्ने नेताहरूले बताएका छन्। सभापति रवि लामिछानेको चाहना पनि त्यही रहेको नेताहरू बताउँछन्।

कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याललाई अगाडि बढाएका रवि लामिछानेले सन्तुलन मिलाउनका लागि संसदीय दलका नेतामा स्वर्णिम वाग्ले बढाउन खोजेको नेताहरूले बताएका छन्। तर, संसदीय दलका पूर्वउपनेता भइसकेका विराजभक्त श्रेष्ठले पनि बलियो दाबी प्रस्तुत गरेका छन्। यसर्थ स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठमध्ये नै एकजना नेता बन्नेमा दुईमत नरहेको रास्वपाका एक नेता बताउँछन्। ‘उहाँहरू दुईजनामध्ये नै एकजना होला, सिनारियोअनुसार पनि उहाँहरूमध्येमै बन्नुपर्छ । को त भन्ने कुराचाहिँ केही दिनभित्रै टुङ्गिन्छ,’ ती नेताले भने।

शिक्षामन्त्री भइसकेकी सुमना श्रेष्ठले पनि आफूलाई संसदीय दलको नेताका रूपमा उभ्याएकी छन्। उनले पार्टीको सोसल मिडिया ग्रूपमा संसदीय दलको नेतामा आफूलाई समर्थन जनाइदिनु भन्दै सन्देश पठाएको बताइएको छ। त्यसो त संसदीय दलको नेतामा दाबी प्रस्तुत गर्नेहरूमध्ये स्वर्णिम वाग्ले र विराजभक्त मात्रै प्रत्यक्ष निर्वाचित हुन्।

डोलप्रसाद अर्याल र सुमना श्रेष्ठ समानुपातिक सांसद हुन् । पार्टीभित्र समानुपातिक सांसदलाई संसदीय दलको नेता बनाउन नहुने कतिपय नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ