७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ओलीलाई एमाले नेतृत्वबाट बिदा हुन घनश्याम भुसालले दिए सुझाव

१३ पुष २०८१, शनिबार १५:२८

काठमाडौं । नेकपा एकीकृत समाजवादीका घनश्याम भुसालले एमालेभित्र उकुसमुकुस बढ्दै गएको दाबी गरेका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अब पार्टी नेतृत्वबाट बिदा हुन सुझाव दिए।

उनले एमालेभित्र प्रश्न उठाएपछि सजाय भोग्नुपर्ने अवस्था रहेको बताए । यसबारेमा आफूले एमालेमै रहँदा प्रश्न गरेको भए पनि त्यस बेला प्रतिशोधका लागि प्रश्न आयो भन्ने टिप्पणी भएको उनको भनाई थियो ।
उनले भने, ‘भीम रावल त्यहाबाट निकाल्नुभो । त्यो अवस्था छँदैथियो, मैले धेरै अगाडिदेखि भन्दै आएको थिए प्रश्न उठाएपछि एमालेभित्र त्यसलाई व्यक्तिगत प्रतिशोधको रुपमा पनि लिइयो। ओलीका नजरमा दुई खालका मान्छे छन्, एकखालका मान्छे उनका शत्रु हुन्, भने अर्का खालका मान्छे उनका चाकर हुन्, अझै भन्नुपर्दा जसले उनको चाकरी गर्दैन त्यो शत्रु हो। शत्रु होइन भने त्यसले चाकरी गर्छ, यद्यपी भीम रावलले चाकरी गरेनन्। फेरि त्यहाँ बस्ने सबैले चाकरी गर्छन् भन्न पनि होइन।’

उनले एमाले आफूहरुले लडेर बनाएको पार्टी भएको पनि बताए।

उनले भने ,‘त्यहाँ अहिले उकुसमुकसमा छन् भनेका कसैले छैनन्। त्यसैले ती साथीहरु अहिले यो जुन घटना घट्दैछ। त्यसो बढ्दैजानेछ। कमरेड ओलीको प्रयोग असफल भइसकेको छ। उनको प्रयोग निर्वाचन, पार्टी सञ्चालनदेखि अन्तराष्ट्रिय सम्बन्धमा पनि असफल भइसकेको छ। त्यसैले उनले छाड्नु हाम्रो लोकतन्त्र र उनको लागि पनि राम्रो कुरा हो।’

उनले आफूहरु वामपन्थी एकताको पक्षमा रहेको भन्दै अब भागबण्डाको आधारमा हुने एकतालाई अस्वीकार गर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा