८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग

१४ पुष २०८१, आईतवार १४:०६

काठमाडौँ | स्थानीय उपचुनावमा काठमाडौं महानगरपालिका– १६ को अध्यक्षमा निर्वाचित रोजिना श्रेष्ठलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्नुपर्ने माग राष्ट्रिय स्वतन्त्र पार्टीभित्र उठेको छ ।

केन्द्रीय सदस्य विजय जैरुले कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पत्र लेखेर पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्षलाई गैरदलीय बनाउने विषयमा छलफल गर्न माग गरेका हुन् । श्रेष्ठ रास्वपाबाट स्थानीय तहका लागि चुनिएकी एक मात्र जनप्रतिनिधि हुन् । पार्टीको एजेन्डा नै स्थानीय तहलाई गैरदलीय बनाउनु रहेको भन्दै जैरुले यसबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

रास्वपा केन्द्रीय समिति बैठक यही पुसको १९, २० र २१ गतेका लागि आह्वान गरिएको छ । उक्त बैठकमा निर्वाचित वडाध्यक्षलाई गैरदलीय बनाउनेसहित तीन एजेन्डामा छलफल गर्न ध्यानाकर्षण गराउँदै उनले पत्र लेखेका हुन् ।

उनले २०८४ सालको आमनिर्वाचनअगाडि पार्टी प्रतिपक्षमा बस्ने विषयलाई केन्द्रीय समितिले पारित गर्नुपर्ने गरी छलफल चलाउन माग पनि गरेका छन् । साथै, गत उपचुनावमा कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिइएको विषयमा त्यहाँका पार्टी नेतालाई सोधपुछ गर्न पनि उनले ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी