२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग

२०८१, १४ पुष आईतवार १४:०६

काठमाडौँ | स्थानीय उपचुनावमा काठमाडौं महानगरपालिका– १६ को अध्यक्षमा निर्वाचित रोजिना श्रेष्ठलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्नुपर्ने माग राष्ट्रिय स्वतन्त्र पार्टीभित्र उठेको छ ।

केन्द्रीय सदस्य विजय जैरुले कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पत्र लेखेर पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्षलाई गैरदलीय बनाउने विषयमा छलफल गर्न माग गरेका हुन् । श्रेष्ठ रास्वपाबाट स्थानीय तहका लागि चुनिएकी एक मात्र जनप्रतिनिधि हुन् । पार्टीको एजेन्डा नै स्थानीय तहलाई गैरदलीय बनाउनु रहेको भन्दै जैरुले यसबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

रास्वपा केन्द्रीय समिति बैठक यही पुसको १९, २० र २१ गतेका लागि आह्वान गरिएको छ । उक्त बैठकमा निर्वाचित वडाध्यक्षलाई गैरदलीय बनाउनेसहित तीन एजेन्डामा छलफल गर्न ध्यानाकर्षण गराउँदै उनले पत्र लेखेका हुन् ।

उनले २०८४ सालको आमनिर्वाचनअगाडि पार्टी प्रतिपक्षमा बस्ने विषयलाई केन्द्रीय समितिले पारित गर्नुपर्ने गरी छलफल चलाउन माग पनि गरेका छन् । साथै, गत उपचुनावमा कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिइएको विषयमा त्यहाँका पार्टी नेतालाई सोधपुछ गर्न पनि उनले ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल